प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको निरीक्षण भ्रमण

२०८०-०३-२७

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको आज निरीक्षण भ्रमण गर्नु भएको छ ।  निरीक्षण भ्रमणको क्रममा वहाँले प्रहरी तालिम केन्द्रको प्रहरी ब्यारेक, मेष, चमेना, क्यान्टिन, पुस्ताकलय, आन्तरिक एवंम बाह्य प्रशिक्षण कक्ष साथै प्रशिक्षार्थीहरुको व्यक्तिगत टर्न आउट समेतको निरीक्षण गर्नु भएको छ । निरीक्षण कार्यक्रम पश्चात प्रदेश प्रहरी प्रमुख बास्तोलाले कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै तालिमरत सम्पूर्ण प्रशिक्षार्थीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ निर्देशनको क्रममा वहाँले तालिम केन्द्र प्रहरी उत्पादनको मुख्य उदगम स्थल भएकोले दक्ष प्रहरी जनशक्ति उत्पादनको लागि समादेशक लगायत प्रशिक्षकहरुको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । वहाले प्रशिक्षणरत प्रशिक्षार्थीहरुलाई दिईने प्रशिक्षण पद्दतिलाई समयानुकुल र बैज्ञानिक ढंगबाट प्रशिक्षण प्रदान गर्नु पर्ने बताउनु भयो । प्रविधीमैत्री, प्रमाण र परिणाममुखी अनुसन्धान पद्धती अहिलेको आवश्यकता रहेको बताउँदै तालिमको शुरुवाती अवस्था देखि नै उक्त कुरामा बिशेष ध्यान दिई प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिन र प्रशिक्षार्थीहरुको क्षमता बृद्धि र उच्च मनोवलको लागि मनोरञ्जनात्मक क्रियाकलाप, खेलकुद तथा सांस्कृतिक कार्यक्रम समेतको अवश्यकता पर्ने भएको हुँदा समय-समयमा उक्त कार्यक्रमहरु गराउन समेत तालिम केन्द्रका समादेशक तथा प्रशिक्षकहरुलाई बिशेष निर्देशन दिनु भयो । यसका साथै प्रहरी आचरण बिपरीत कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई तत्काल कारवाही र राम्रो कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्न समेत निर्देशन दिनु भयो ।

सम्बन्धित समाचार
प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०४-११

मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषध ओसार पसारमा संलग्न रहेका ४ जनालाई पक्राउ गरिएको छ । हिजो मोरङको बिराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा पैदल यात्री भारत बिहारका २५ बर्षिय गौरव जैनलाई १.७४ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने  जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका-६ स्थितबाट मोरङ्ग पथरी शनिश्चरेका २१ बर्षीय मिलन तामाङलाई स्प्रासरेस्ट र ट्रामानिल १०२ ट्याव्लेट,  गाँजा १०० ग्राम सहित नियन्त्रणमा लिएको छ । यसै गरी उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का २४ बर्षीय केवस तामाङ् र २३ बर्षीय सुस्मा राईलाई  ट्रामानोल ६०० ट्याव्लेट, क्यालिवान ६०० ट्यावलेट सहित इलाका प्रहरी कार्यालय बेल्टारले  पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

प्रतिवन्धित लागुऔषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८१-०४-०७

मोरङ, झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ सुनसरीको अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीको टोलीले धरान-१७ स्थितबाट स्थानिय ३२ बर्षीय जीवन राई र २५ बर्षीय मनिष लिम्बुलाई ट्रामाडोल ८२० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले मेचीनगर नगरपालिका-६ स्थितमा भारतबाट नेपाल आउदै गरेका १९ बर्षीय निर्दोश डाँगीलाई ३ ग्राम ५ सय २० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले विराटनगर-१६ स्थितबाट स्थानिय २० बर्षीय जिवछ खत्वे र मोरङ उर्लावारी-४ का ३३ बर्षीय सबिन बुढाथोकीलाई नाईट्रोजेपाम ३० चक्की सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

अबैध लागुऔषध ब्राउनसुगर र गाँजा सहित ६ जना पक्राउ
२०८१-०४-०६

मोरङ, सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट अबैध लागुऔषध ब्राउनसुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान साढे ४ बजे बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बिष्णुपादुका सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान-२० भज्याङ छेउ स्थितबाट बागमती प्रदेश -०१-०२६ च ५०१९ नम्बरको कार र को २७ प ४८४७ नम्बरको मोटरसाईकलमा सवार ईटहरी उप-महानगरपालिका-१० का ४० बर्षीय राम कुमार चौधरी र ईटहरी-११ का ३६ बर्षीय मोहन कार्कीलाई १२ किलोग्राम लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको हो । यसैगरी मोरङको केराबारी-८ खदम खोलाको पुलबाट केराबारी-७ का १९ बर्षीय साजन लिम्बु, केराबारी-१ का २२ बर्षीय गोबिन राई, धनकुटा चौबिसे गाउँपालिका-५ का ३१ बर्षीय शक्ती लिम्बुलाई १ ग्राम ९२० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित लागुऔषध ओसार पसारमा प्रयोग गरको को २५ प ५९४५ नम्बरको मोटरसाईकल सहित इलाक प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको हो । यसका साथै हिजो राती १० बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बाघखोरबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका-३ बेलडागी शिविर का २७ बर्षिय बिक्रम राईलाई घरमा लुकाई छिपाई राखेको १ ग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । अबैध लागुऔषध सहित पक्राउ परेका सबै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।