प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झण्डै २ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित बिराटनगरबाट १५ जना पक्राउ

२०७९-०४-०४

  • A
  • A-
  • A+
Share

बिराटनगर महानगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट  झण्डै २ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ  । युरेनियम जस्तो पदार्थ लिई बिराटनगरको ठुल्दाई होटलमा केही ब्यक्तिहरु बसेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका ७ का ४१ बर्षीय शिव शंकर पासवान, धनपालथान गाउँपालिका-४ का ३७ बर्षीय मुकेश कुमार साह, धनपालथान गाउँपालिका-७ का ४३ बर्षीय प्रदिप पुरी, कटहरी गाउँपालिका-२ का ४० बर्षीय दिलिप कुमार शर्मा, बिराटनगर-१२ का ४६ बर्षीय फटिक कुमार कार्की, माप्यदुधकोशी गाउँपालिका-७ सोलुखुम्बुका ३५ बर्षीय गोपाल मगर, हलेसी नगरपालिका-९ खोटाङका ३२ बर्षीय किरन राई र धनपालथान गाउँपालिका-७ का ४४ बर्षीय लक्ष्मण शर्मालाई १ किलोग्राम  युरेनियम जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बिराटनगरकै दुधफारममा समेत केही ब्यक्तिहरु रहेको भन्ने सूचनाका आधारमा उक्त स्थानमा खटिएको प्रहरी टोलीले उक्त स्थानबाट ९७८.६ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गण्डकी गाउँपालिका-८ गोरखाका ४५ बर्षीय जिवन गुरुङ, मङहा नगरपालिका-६ महोत्तरीका, ४२ बर्षीय अब्दुल गनी खान, बर्दिवास नगरपालिका-१२  महोत्तरीका ३० बर्षीय चन्दन कुमार महतो, ग्रामथान गाउँपालिका-३ मोरङका ५५ बर्षीय रबिन्द्र गच्छदार, बागमती गाउँपालिका-५ मकवानपुरका ३६ बर्षीय दिपक कुमार भ्लोन, मनराषिशवा नगरपालिका-३ महोत्तरीका ४९ बर्षीय उमेश प्रसाद यादव र कमलामाई नरगपालिका-५ सिन्धुलीका २८ बर्षीय श्याम घिमिरे रहेका छन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०३-२८

मोरङको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २७ गते मोरङको पथरीशनिश्चरे नगरपालिका-१ का २६ बर्षीय युवराज थापा मगरलाई उनकै घरबाट ७६० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो भने प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका- २ का २५ बर्षीय संजय चौधरीलाई स्पासपेन ९० र ट्रमाडोल १०५ चक्की सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी धनपालथान गाउँपालिका- १ स्थित उखु बारी भित्र रहेको ३५ किलो ३०४  ग्राम गाँजा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र अमाहिबरियातीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने लागू औषध नियन्त्रण ब्युरो विराटनगरले को. १० प ७०७२ नम्बरको मोटरसाईकल चालक विराटनगर- ४ का ४७ बर्षीय बैजनाथ चौधरी र पछाडी सवार धनकुटा नगरपालिका- ८ का ४८ बर्षीय निर्पेश राईलाई १५ किलो ३५ ग्राम गाँजा सहित विराटनगर- १३ बाट पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०३-२६

मोरङ र सुनसरीबाट असार २५ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले संखुवासभाको धर्मदेवी नगरपालिका-३ का ३३ बर्षीय श्याम बहादुर पौडेल र बुढिगंगा गाउँपालिका-३ का ३७ बर्षीय बिन्दुराज महतरालाई १३ ग्राम ८५ मिलिग्राम ब्राउन सुगर सहित र सामुदायीक प्रहरी बिट हवाई चौक सुनसरीले धरान- १५ का १९ बर्षीय मोहित राई र ईटहरी-२ का २२ बर्षीय अनिल मगरलाई २ सय ३५ क्याप्सुल सहित नियन्त्रण लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-२ का २० बर्षीय प्रकाश यादव र देवानगंज-७ का १९ बर्षीय धिरज यादवलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु
२०८२-०३-२६

झापाको बाह्रदर्शी गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक कचनकवल गाउँपालिका-३ का ६० बर्षीय श्री प्रसाद राजबंशी, निजको ३ बर्षीय नाती आयुष राजबंशी र  देश भारत किशनगंजका २५ बर्षीय सुरज टुडु रहेका छन् । असार २५ गते दिउँसो पौने ४ बजे BR37AZ ६४४० नम्बरको मोटरसाईकल र प्र.१-०१-०१६प ९२७० नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा उनिहरुको मृत्यु भएको हो भने मृतक श्री प्रसाद राजबंशीको बुहारी २७ बर्षीय उर्मिला राजबंशी घाईते भएकोमा B&C अस्पलाल बिर्तामोडमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।