ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
२०७९-१०-२८
- A
- A-
- A+
सुनसरीको इटहरी उप-महानगरपालिका-६ स्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । हिजो दिउसो ना.५ख ४५५३ नम्वरको ट्रकले बिपरित दिशा तर्फबाट आउदै गरेको को.२१ प ५४७७ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएकि स्कुटर चालक इटहरी-५ कि ३२ बर्षीया तारा निरौलालाई उपचारको लागि धरान घोपा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक उर्लाबारी मोरङका सुमन दर्जीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिइ घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।