लागुऔषध सहित ३ जना पक्राउ
२०८१-०१-०२
- A
- A-
- A+
इलाम र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे ३ बजे इलामको माई नगरपालिका- १ स्थितमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय रोमन श्रेष्ठ र २२ बर्षीय बिकल कार्कीलाई फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ३९० ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । त्यस्तै सुनसरीको ईटहरी उप-महानगरपालिका- ५ पिपलचौकबाट स्पाष्पेन, ट्रामाडोल, डेकोलिक गरि जम्मा १ सय चक्की औषधी र नगद ३ हजार ४५५ रुपैया सहित स्थानीय २१ बर्षीय सुमन लिम्बुलाई अस्थायी प्रहरी चौकी जनताबस्ती इटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।