प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Latest Updates
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

सम्पर्क जानकारी

प्र.ना.म.नि.

मोबायल नं. ९८५२०८४४४४

ईमेलः koshi@nepalpolice.gov.np

कन्ट्रोलः ०२१-४३७००१

 

कोशी प्रदेश प्रहरी प्रमुखबाट पदभार ग्रहण, विषम परिस्थितिको समाना गरी अग्रपङ्तिमा रहेर प्रहरी सेवा प्रदान गर्न निर्देशन
२०८२-०८-११

कोशी प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरे कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । तालुक नेपाल सरकार गृह मन्त्रालयको यही मंसिर ८ गतेको निर्णय अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भई हाजिर हुनु भएका प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले मंसिर ११ गते कार्यभार सम्हाल्नु भएको हो ।वहाँलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सहित प्रहरी अधिकृतहरुले स्वागत गर्नु भएको थियो । पदभार ग्रहण पश्चात् कार्यालयको सभाहलमा उपस्थित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूका साथै भर्चुअल माध्यद्वारा उपस्थित जिल्ला प्रहरी प्रमुखहरू लगायत मुद्धा चल्ने इकाईहरुका प्रमुखहरुलाई जस्तो सुकै विषम परिस्थितिमा समेत अग्र पङ्क्तिमा रहेर उच्च मनोबलका साथ समाजमा अपराध नियन्त्रण गरी शान्ती सुरक्षा प्रदान गर्न निर्देशन दिनु भएको छ । ७० वर्षको लामो इतिहास बोकेको प्रहरी सङ्गठन बिभिन्न प्रकारका आरोह अवरोहको सामना गर्दै कानून कार्यान्वयन गरी देश र जनताको सेवामा समर्पित रहदै आएको छ ।  राज्यको उपस्थिति नै प्रहरी हो, प्रहरी विनाको समाज अकल्पनिय हुन्छ त्यसैले समय परिस्थिति अनुसार आफूमा बदलाव ल्याई सामूहिक भावना, भातृत्व, सहकार्य, समन्वयका साथ प्रविधिको उच्चतम् प्रयोग गर्दै सङ्गठनको गरिमा सदैव उच्च राखी प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । साथै वहाँले राम्रो काम गर्ने प्रहरी कर्मचारीलाई तत्काल पुरस्कृत गर्न र कानून बिपरित काम गर्नेलाई तत्काल कारवाही गर्न समेत निर्देशन दिनु भएको छ ।

  • वेवारिसे अवस्थामा ९ सय २१ किलो ६६ ग्राम गाँजा बरामद
    २०८२-०८-२५

    मोरङको रंगेली नगरपालिका-८ स्थितबाट बेवारिसे अवस्थामा  ९ सय २१ किलो ६६ ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । मंसिर २४ गते राती बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका-८ स्थित खेतमा रहेको रुख मुनी परालले छोपी लुकाई छिपाई राखेको अवस्थामा (२९ बोरा) ९ सय २१ किलो ६६ ग्राम गाँजा बरामद गरेको हो । वेवारिसे अवस्थामा गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको छ ।

    [ विस्तृतमा ]
  • लागू औषध सहित ४ जना पक्राउ
    २०८२-०८-२५

    झापा, मोरङ र सुनसरीबाट लागू औषध बेचबिखनमा संलग्न २ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २४ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा भारत दार्जेलिङका गोपाल बैधलाई ३ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको धरान- ११ कि रोशनी राई र धरान-१५ की खुशी राईलाई औषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट सहित अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको छ भने चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले पथरी शनिश्चरे नगरपालिका-१ का अशोक बराईलीलाई नाईट्राजाम र स्पास गरी जम्मा २८ ट्याब्लेट सहित पक्राउ गरेको छ ।

    [ विस्तृतमा ]
  • कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण, कठिन परिस्थिति र चुनौतीहरूको सहज रूपमा सामना गर्न निर्देशन
    २०८२-०८-२४

    कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सुनरीको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २४ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी इकाईहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले जस्तो सुकै कठिन परिस्थिति र चुनौतीहरूको समेत सहज रूपमा सामना गरी कुनै दवाब, प्रभाव र प्रलोभनमा नपरी व्यक्तिगत हित भन्दा माथि उठेर संगठनको गरिमालाई सदैव उच्च राखी नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई शान्ति सुरक्षा प्रभावकारी बनाउन, खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषधको ओसार पसारका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन तथा  कार्यालयमा आउने सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । यसै गरी भित्री ग्रामिण बस्तीहरुमा बसोवास गर्ने नागरिकहरुको समस्या पिरमार्काको सुनवाई गर्न तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले जिल्लाको शान्ति सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया समेतको उपस्थिती रहेको थियो ।    

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०७९-०५-२६ म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना ।(२०७९-०५-२६)
२०७८-०८-१० प्रहरी निरीक्षक (जनपद), प्रहरी जवान (जनपद) र प्रहरी कार्यालय सहयोगी पदहरुको विज्ञापन प्रकाशन सम्बन्धी सूचना । (२०७८-०८-१०)
२०७८-०६-२२ जनपद प्रहरी समूह तर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ रिक्त प्राविधिक प्रहरी जवान पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०७८-०६-२२)
२०७८-०५-२५ प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ रिक्त प्रा.प्र.ना.उ.,प्रा.प्र.नि.,प्रा.प्र.ना.नि. र प्रा.प्र.स.नि. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०७८-०५-२५)
कोशी प्रदेश प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी कार्यक्रम २०८२ मंसिर १२ गते ।
रेडियो कार्यक्रम

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।