प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बालयौन दुरुपयोग मुद्धाका फरार प्रतिबादी पक्राउ

२०७९-०४-१३

  • A
  • A-
  • A+
Share

बालयौन दुरुपयोग मुद्धाका फरार प्रतिबादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान उप-महानगरपालिका वडा नं. १५ बगरकोट शिवगंगा बस्ती बस्ने ३१ बर्षीय नगेन्द्र बराइली विश्वकर्मा रहेका छन् ।

विश्वकर्मालाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT) बाट खटीएको प्रहरी टोलिले हिजो खोजतलास गर्दै जाँदा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरिएको छ ।

विश्वकर्माको बालयौन दुरुपयोग मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०७।२७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ५ महिना ५ दिन कैद र १५ हजार जरीवाना भई लगत नं. १२१२ मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।