प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित ५ जना पक्राउ

२०८०-१०-२३

  • A
  • A-
  • A+
Share

कोशी प्रदेशको ईलाम, धनकुटा र मोरङ जिल्लाका तिन छुट्टाछुट्टै स्थानबाट सोमवार प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले सोमवार दिउँसो फिदिम नगरपालिका-५ का ६२ बर्षीय याम बहादुर तुम्बापोलाई सुर्योदय नगरपालिका-२ बाट १०० ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी धनकुटाको प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले सोमवार नै धनकुटा नगरपालिका-१ बाट धरान-१४ का २५ बर्षीय सुजन थापा र धरान-६ का २८ बर्षीय प्रज्वल थापालाई प्रतिबन्धित औषधी SPASMO २६० चक्की, TRAMOL २६० चक्की र   SPASMO PROXMINO (+) ३४ चक्की सहित पक्राउ गरेको हो । यस्तै लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१३ बाट भारत कोशीकापुरका २६ बर्षीय सहजात अलि र धर्मदेवी नगरपालिका-१ संखुवासभाकी २० बर्षीया रबिता अधिकारीलाई ९ ग्राम ९ मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८३-०१-०४

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले वडा प्रहरी कार्यालय भद्रपुर, झापामा कार्यरत प्रहरी निरीक्षक मोतिलाल योञ्जन तामाङलाई २०८२ साल चैत्र महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक मोतिलाल योञ्जन तामाङले “अपरेसन ब्राउन” अन्तर्गत भद्रपुर एरियामा लागू औषध नियन्त्रणलाई अभियानकै रूपमा सञ्चालन गरी चैत्र महिनाभरी लागू औषध सम्बन्धी १५ वटा मुद्दामा संलग्न ३२ जना अभियुक्तलाई पक्राउ गरी उनीहरूको साथबाट जम्मा ३४६ ग्राम ५७ मिलिग्राम लागू औषध ब्राउन सुगर, नगद ३ लाख रुपैया सहित बरामद गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको, भन्सार छलीका १० लाख ४७ हजार बरावरको बिभिन्न अवैध सामानहरु बरामद गरेको, विभिन्न मुद्दाका ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको,  Gen-Z आन्दोलनको क्रममा पूर्ण रूपमा क्षति ग्रस्त वडा प्रहरी कार्यालय भद्रपुरको कार्यालय तथा ब्यारेक मर्मत, आवश्यक फर्निचर, विद्युतिय सामाग्री व्यवस्थापन तथा मेची बिटको पुनः स्थापनाको निम्ति स्थानीय निकाय, विभिन्न संघ–संस्था तथा स्थानीयबासिहरु सँग समन्वयात्मक भूमिका निर्वाह गरेको, प्रहरी चौकी मेचीपारीको नयाँ जग्गा प्राप्तिको लागी नेतृत्वदायी भूमिका निर्वाह गरेको साथै वडा प्रहरी कार्यालय भद्रपुरको नयाँ भवन निर्माण तथा जग्गा प्राप्तिको लागी निरन्तर पहल गरिरहेको साथै सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी आम नागरिकमा शान्ति सुरक्षाको अनुभुति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट बहन गरेको हुँदा निज प्रहरी निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल चैत्र महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।  

लागू औषध सहित ३ जना पक्राउ
२०८३-०१-०३

सुनसरी र मोरङबाट लागू औषधमा संलग्न ३ जना पक्राउ परेका छन । वैशाख ०२ गते मोरङको इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले चेकजाँचको क्रममा विराटनगर-१५ स्थितबाट २० ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित काठमाडौं महानगरपालिका-२६ का सयल थापा मगरलाई नियन्त्रणमा लिएको छ । यसै गरी सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाले बराहक्षेत्र नगरपालिका-३ स्थितबाट उदयपुर चौदण्डीगढी नगरपालिका- ६ का राज राई र खुसे राईलाई प्रतिबन्धित लागू औषध ट्रामाडोल १ हजार ६१० क्याप्सुल र नियन्त्रित औषधी स्पास्पेन १ हजार ६०९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय हरिनगराले इनरुवा नगरपालिका- १० स्थित सडक छेउमा रोकी राखेको को. १ च ३६११ नम्बरको कारबाट १५ किलो ६०० ग्राम गाँजा बरामद गरे संगै नियन्त्रणमा लिएको छ ।

अवकास प्राप्‍त प्रहरी वरिष्ठ नायव निरीक्षकको विदाई
२०८३-०१-०३

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित एक कार्यक्रमका विच अवकास प्राप्‍त प्रहरी वरिष्ठ नायव निरीक्षक बिरेन्द्र कार्कीको बिदाई कार्यक्रम सम्पन्न भएको छ । वैशाख ३ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले ३० बर्ष सेवा अवधी पुरा गरी अनिवार्य अवकास हुनु भएका कार्कीलाई धन्यवाद तथा शुभकामना सहित बिदाई गर्नु भएको हो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरीमा रहेर ३० बर्ष सेवा अभधिभर संगठनलाई कार्कीले पुर्याउनु भएको योग्दानको उच्च कदर गर्दै अवकास पश्चात पनि समाजमा शान्ति-सुरक्षा कायम राख्न बिना वर्दीको प्रहरीको रुपमा रहन आग्रह गर्नुका साथै व्यक्तिगत तथा सामाजिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभएको भएको छ । कार्यक्रममा अवकास हुनु भएका प्रहरी वरिष्ठ नायव निरीक्षक विरेन्द्र कार्कीले प्रहरी सेवामा रहँदाको जिम्मेवारी र अनुभव सहितको विदाई मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया सहित सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुका साथै प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

२ सय २५ किलोग्राम गाँजा सहित २ जना पक्राउ
२०८३-०१-०२

सुनसरीको बराहक्षेत्र नगरपालिका-६ स्थित सप्तकोशी नदी किनारबाट २ सय २५ किलोग्राम गाँजा सहित ओसार पसारमा संलग्न रहेका २ जनालाई पक्राउ गरिएको छ । वैशाख १ गते राती ९ बजे विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-६ स्थित सप्तकोशी नदी किनारमा बगाएर ढुवानी गर्ने बाँसको झाकमुनी प्लास्टिको ९ वटा बोरामा बाँधी लुकाई छिपाई राखेको अवस्थामा २ सय २५ किलोग्राम गाँजा सहित ओसार पसारमा संलग्न बराहक्षेत्र नगरपालिका-६ का बिशेस माझी र रोशन श्रेष्ठलाई को. ३० प ९४७५ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । गाँजा सहित पक्राउ परेका दुबै जनाको थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-१२-३०

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २९ गते झापाको गौरीगंज गाउँपालिका- ३ स्थित बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका रोशन डोम र गौरादह- ८ का पुजन चौधरीलाई ४ सय ७० मिलिग्राम ब्राउन सुगर र ६ ग्राम ७८० मिलिग्राम गाँजा सहित पक्राउ गरेको हो भने गौरादह नगरपालिका- १ बाट इलाका प्रहरी कार्यालय गौरादहले सोहि स्थानका साने भन्ने सुरेन्द्र टुडु, सन्तोष ताजपुरिया र अर्पित थापालाई ३४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले मे. २ प ९८७९ नम्बरको मोटरसाईकल चालक मोरङ केराबारी- ५ का बिमल भन्ने खगेन्द्र मगरलाई ६ ग्राम ६५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।