प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

२०८०-०८-१३

  • A
  • A-
  • A+
Share

झापाको बुद्धशान्ती गाउँपालिका- १ स्थितबाट लागुऔषध मुद्धाका १ जना फरार प्रतिवादीलाई  जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरेको छ ।

लागुऔषध मुद्धामा सम्मानित जिल्ला अदालत झापाको मिति २०७९।११।११ गतेको फैसलाले १ महिना ३ दिन कैद तोकि फरार रहेका स्थानीय ५२ बर्षीय यादवराज पौडेललाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनलाई तोकिएको कैद भुक्तानको लागि जिल्ला कारगार झापा पठाईएको छ ।

सम्बन्धित समाचार
प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ
२०८१-१२-१२

झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ११ गते मेचि बिट र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा ९ ग्राम १ मिलिग्राम ब्राउन सुगर सहित मे.६ प ९९७७ नम्बरको मोटरसाईकल चालक माई नगरपालिका-५ ईलामका ३३ बर्षीय भुपेन्द्र लावती र मोटरसाईकल पछाडी सवार बिर्तामोड-५ का २३ बर्षीय राजिब चौधरीलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर-१७ बाट को. २९ प ६४२७ नम्बरको मोटरसाईकल चालक बेलबारी-११ का २९ बर्षीय आशिष राई र मोटरसाईकल पछाडी सवार २९ बर्षीय आशिष तामाङलाई ६ ग्राम १२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने सुनसरी धरानका २४ बर्षीय अफ्रोज सिद्धिकीलाई ट्रामाडोल १२० क्याप्सुल र १२० ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय धरान सुनसरीले पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध दुर्व्यसन विरुद्द सुधारका लागी शिविर अभियान अन्तरगत छलफल तथा अन्तरक्रिया
२०८१-१२-११

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा लागू औषध दुर्व्यसन विरुद्द सुधारका लागी शिविर अभियान कार्ययोजना अन्तरगत छलफल,अन्तरक्रिया तथा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । चैत्र ११ गते अपरान्ह भएको कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले सेवनकर्ता तथा अति सेवनकर्ताहरुलाई अस्थायी रुपले होल्डिङ् सेन्टरमा राखी मनोसामजिक परामर्शकर्ताहरुबाट परामर्श उपलव्ध गराई उपचारात्मक पद्दतिबाट समाजमा पुनर्स्थापन गराउने उद्देश्यका साथ सुधारका लागि शिविर (Camp For Correction-CFC) को परिकल्पना गरी कार्यान्वयन गर्न लागिएको बताउनु भएको थियो । उक्त कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश प्रहरी कार्यालयले लागू औषध दुर्व्यसन विरुद्द सुधार कार्यक्रमको योजनाले अपेक्षाकृत प्रतिफल उपलव्ध हुने विश्वास व्यक्त गर्नु हुदै कोशी प्रदेशमा दुर्व्यसन विरुद्द सुधार कार्यक्रम कार्यान्वयनको लागी प्रदेश सरकार प्रतिबद्द रहेको र कोशी प्रदेश प्रहरी कार्यालयले समाजमा शान्ति सुरक्षा स्थापना गर्न बिभिन्न प्रकारका योजना बनाई कार्य गर्दै आएकोमा प्रदेश सरकारको तर्फबाट सदैव साथ सहयोग रहने वताउनु भयो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दुर्गा प्रसाद दाहालले कोशी प्रदेश प्रहरी कार्यालयको लागू औषध दुर्व्यसन विरुद्द सुधार कार्यक्रमको कार्य योजना, कोशी प्रदेशमा लागुऔषध प्रयोगकर्ताको संख्यात्मक विवरण, लागु औषको जोखिम न्यूनिकरण, दुर्व्यसन रोकथाम, उपचार तथा पुनर्स्थापना, लागु औषध दुर्व्यसनबाट हुने क्षेति लगायतका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो भने कार्यक्रममा कोशी प्रदेश आन्तरीक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारी तथा प्रदेश सचिव राम प्रसाद आचार्यले समेत आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेश प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी सहित सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।  

प्रतिबन्धित लागुऔषध सहित ४ जना प्रहरीको नियन्त्रणमा
२०८१-१२-१०

झापा, मोरङ र उदयपुरबाट चैत्र १० गते प्रतिबन्धित लागुऔषध सहित ४ जना प्रहरीको नियन्त्रणमा परेका छन् । इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले झापा गौरिगञ्ज गाउँपालिका-१ भन्सार चोक स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेका देश भारत जिल्ला किसानगन्ज-२ का २३ बर्षीय सलमलाई लागुऔषध ब्राउनसुगर ४ ग्राम ५५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय रानी मोरङ र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट २ ग्राम ४७ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित मोरङ केराबारी गाउँपालिका-७ का २३ बर्षीय सनम राई र २७ बर्षीय रुपेश तामाङलाई नियन्त्रणमा लिएको हो भने जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका-१ खैजनपुरका २२ बर्षीय सन्तोष चौधरीलाई प्रतिबन्धित औषधी ७ एम्पुल र २५ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण
२०८१-१२-१०

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जिल्ला प्रहरी  कार्यालय खोटाङको निरीक्षण भ्रमण गर्नु भएको छ । चैत्र १० गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशनको क्रममा वहाँले प्रहरी क्रमचारीहरुले आ-आफनो पदिय जिम्मेवारी अनुसार नागरिकहरुमा शान्ति सुरक्षा प्रदान गर्नु प्रहरीको मुख्य दायित्व रहेकोले समाजमा आम नागरीक र प्रहरी बिचको सम्बन्ध सुमधुर बनाउदै कुनै पनि अपराधिक घटनाहरु घट्न नदिनका लागि ग्रामिण भेगका बस्तीहरुमा छोटो तथा लामो दुरीको प्रहरी गस्ती परिचानल गरी बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समेत निर्देशन दिनुभयो । साथै वहाँले सुख्खा मौसमको समयमा हुने आगलागि जस्ता दैविक विपदका घटनाहरुमा आफुसँग भएको समित स्रोत साधनको उच्चतम प्रयोग गरी तत्काल परिचालन हुन सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख अधिकारीले उत्कृष्ट कार्य सम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक बिष्ट लगायत लामो समय सम्म दुर्गम जिल्ला खोटाङका बिभिन्न ईकाईहरुमा कार्यरत रही उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई मनोबल उच्च बनाउने उदेश्यले पुरस्कृत गर्नु भएको थियो ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-१२-१०

मोरङ, झापा र उदयपुरको विभिन्न स्थानबाट लागुऔषध सहित प्रहरीले  ७ जनालई पक्राउ गरेको छ ।  चैत ०९ गते बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले मोरङ सुन्दरहरैचा-१० का २३ बर्षीय गणेश दाहाल, २७ बर्षीय सुमन कोइराला, २९ बर्षीय  डिकेश कार्की र २६ बर्षीय यज्ञ राम कार्कीलाई ब्राउन सुगर २ ग्राम ३ मिलिग्राम र प्रहरी चौकी आँपगाछी(ख) मोरङबाट गस्तिमा खटिएको प्रहरी  टोलीले  रंगेली-५ आपगाछी  स्थित सडक छेउमा वेवारिसे अवस्थामा रहेको  BR38X3092 नम्बरको भारतिय मोटरसाईकलमा रहेको झोला चेकजाँचको क्रममा प्रतिबन्धित औषधी ट्माडोल-१० हजार १ सय क्याप्सुल, डाइस्कालोमाइट-१० हजार २ सय ४० ट्याव्लेट बरामद भए संगै मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी  झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा भद्रपुर-५ का  २५ बर्षीय मोहमद अनारुलाई ब्राउन सुगर १ ग्राम २५० मिलिग्राम सहित पक्राउ गरेको छ, भने जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले  चेकजाँचको क्रममा प्र.२-०१-००२प ७८६३ नम्बरको मोटरसाईकलमा सवार रहेका उदयपुर त्रियुगा-३ का ३७ बर्षीय रोहित चौधरी र ३१ बर्षीय नागेश्वर चौधरीलाई ३ ग्राम ६९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  लागूऔषध सहित पक्राउ परेका उनिहरूको थप अनुसन्धान भईरहेको छ ।