प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

२०८०-१०-१९

  • A
  • A-
  • A+
Share

इलामको माङसेबुङ गाउँपालिका-३ घर भई हाल दमकमा कोठा भाडा लिई बस्दै आएका ३४ बर्षीय बिनोद राईलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आपसी बिवादको क्रममा श्रीमती २८ बर्षिया ममिला राईलाई कुटपिट गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो । ममिला राई माघ १७ गते राती सुतेको र १८ गते बिहान अवेर सम्म नउठे पछि उठाउन खोज्दा सुतेकै ठाउँमा मृत अवस्थामा रहेको भन्ने जानकारी ईलाका प्रहरी कार्यालय दमकमा प्राप्त हुनासाथ तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले  मृतक महिलाको शरिरको बिभिन्न भागमा चोटपटक लागेको अवस्थामा फेला पारेकोले मृतकको श्रीमानलाई घटनास्थल बाट नै पक्राउ गरेको हो ।  पक्राउ परेका राईको थप अनुसन्धान भईरहेको छ भने मृतक महिलाको लाश पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार
प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०८१-०८-२८

सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २७ गते राती इलाका प्रहरी कार्यालय देवानगंज र अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट खटिएको प्रहरी टोलीले देवानगंज गाउँपालिका-१ स्थितबाट स्थानीय २१ बर्षीय अजय कुमार मण्डललाई Gpp नामक प्रतिबन्धित औषधी १५ हजार ट्याबेल्ट फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले औषधी ट्रामाडोल ६९ क्याप्सुल र स्पासरेष्ट ४८ ट्याब्लेट सहित ३५ बर्षीय निपेन श्रेष्ठ र २० बर्षीय देवराज धामीलाई धरान-८ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।    

स्रोत नखुलेको नगद सहित १ जना पक्राउ
२०८१-०८-२८

झापाको कमल गाँउपालिका-३ केर्खा चोकबाट स्रोत नखुलेको नगद सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २७ गते दिउँसो प्रहरी चौकी केर्खाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले दमकबाट बिर्तामोड तर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ९५३० नम्बरको यात्रुबाहक बसका यात्रु गौरादह नगरपालिका-५ का २५ बर्षीय मोहम्द नौसाद मियाको साथबाट स्रोत नखुलेको अमेरिकन डलर १०० दरका २९७ थान (२९ हजार ७ सय), भारतीय रुपैँया १ हजार ५ सय ९०, नेपाली रुपैँया १ सय ६५ र मोवाईल १ थान बरामद गरे सगै उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०८-२७

झापा, मोरङ, पाँचथर र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २५ राती झापाको भद्रपुर नगरपालिका-५ स्थितमा मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले पैदल यात्री नुवाकोट बिदुर नगरपालिका-१० का २६ बर्षीय बिकाश घिमिरेलाई लागुऔषध ब्राउन सुगर १४ ग्राम १३० मिलिग्राम र चरेस १ ग्राम ५७० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर-१५ बाट १ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित सुन्दरहरैचा नगरपालिका-६ का १९ बर्षीय अरुण मण्डललाई पक्राउ गरेको हो । पाँचथरको फिदिम नगरपालिका-२ स्थितमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले १२० मिलिग्राम ब्राउन सुगर सहित फिदिमका ३५ बर्षीय चन्द्र तुम्बापो, १७ बर्षीय तिर्थ तुम्बापो, ३५ बर्षीय योगेश थाम्सुहाङ र ३० बर्षीय एल्बिस नेम्वाङलाई नियन्त्रणमा लिएको हो भने सुनसरी धरान-११ का २५ बर्षीय करण मगरलाई नियन्त्रित औषधी ट्रामाडोल ६० क्याप्सुल र स्पासपेन ४० ट्याब्लेट सहित अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।