मोटरसाईकल दुर्घनाबाट १ जनाको मृत्यु
२०७९-१०-२६
- A
- A-
- A+
झापाको मेचीनगर नगरपालिका-१ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे. २ प १५२५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक ४० बर्षीय विरेन्द्र दर्जीलाई उपचारको लागि लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।