प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण

२०८२-०२-१३

  • A
  • A-
  • A+
Share

समाजमा शान्ती सुरक्षा सु-व्यवस्था कायम राख्नका लागी कसैको दवाव र प्रभावमा नपरी काम गर्न निर्देशन

विराटनगर,जेष्ठ १३ गते ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय उदयपुरको भ्रमण गर्नु भएको छ । जेष्ठ १३ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुकासाथै कार्यरत प्रहरी कर्मचारीहरुलाई समाजमा शान्ती सुरक्षा सु-व्यवस्था कायम राख्नका लागी कसैको दबाब र प्रभावमा नपरी काम गर्न निर्देशन दिनु भएको छ ।

निर्देशनकै क्रममा वहाँले सामुहिक भावना तथा भाईचाराका साथ दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न, बिभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न, सवारी दुर्घटना न्युनिकरण, सवारी नियम उलंघन गर्ने सवारी साधनलाई कारवाही तथा सवारी साधनको प्रयोग गरी हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन निर्देशन दिनु भयो ।

निर्देशनकै क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गर्न, तालुक कार्यालयबाट भएका आदेश निर्देशनलाई तल्लो दर्जाका कर्मचारी समेतलाई जानकारी गराई कार्यान्वयन गर्न, चेकिङको क्रममा सभ्य र शिष्ट भाषा प्रयोग गर्न, आम सेवाग्राहीहरुसँग समान व्यवहार गर्न तथा सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गरी सदैव प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिनु भएको छ ।

यसका साथै वर्षायामको समयमा पहाडी जिल्लाहरु हुने वाढी पहिरो जस्ता विपदका घटनाहरुमा नागरिकको धनजनको सुरक्षाका लागी तत्काल उद्धार कार्यमा परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन समेत निर्देशन दिनु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख हरिहरनाथ योगीले  प्रदेश प्रहरी प्रमुख कार्कीलाई उदयपुर जिल्लाको समग्र शान्ती सुरक्षाको अवस्था, जनशक्ती व्यवस्थापन, भावि कार्य योजन, सुरक्षा चुनौतीहरु सहितको प्रस्तुतिकरण गर्नु भएको थियो ।

निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्लाका स्थानीय बुद्धिजिवि, नागरीक समाज, स्थानिय जन प्रतिनिधीहरु तथा संचारकर्मीहरुसंग भेटघाट गर्नु भई समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्थाको वारेमा अन्तरक्रिया तथा छलफल  गर्नुका साथै प्रहरी र नागरिक समन्वय र सहकार्य गरी अगाडि बढेमा समाजमा शान्ति सु-व्यवस्था प्रभावकारी हुने बताउनु भयो ।


सम्बन्धित समाचार
लागू औषध सहित १४ जना पक्राउ
२०८३-०४-०९

 कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न १४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर ११२ ग्राम ५३६ मिलिग्राम, गाँजा ७१ किलो ३५ ग्राम, प्रतिबन्धित औषधी ३६३ क्याप्सुल, बस १ थान आटो १ थान र २ थान मोटरसाईकल बरामद भएको छ । ………………………. …………………………………………………. ……………………... मोरङको कानेपोखरी गाउँपालिका- ५ बाट प्रहरी चौकी रमाईलोले १ ग्राम ३७० मिलिग्राम ब्राउन सुगर सोहि स्थानका  अमित धिमाल र पर्वत राईलाई पक्राउ गरेको छ भने प्रहरी चौकी सिक्टी र बरडंगाको प्रहरी टोलीले सुनवर्षी गाउँपालिका- ८ बाट BR38K3179 नम्बरको मोटरसाईकल चालक भारत बिहारका भक्ति पासवानलाई ८२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यस्तै विराटनगर- ४ स्थितबाट CRV भट्टाचोक मोरङ र लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका- १२ का २१ बर्षीय धन कुमार यादवलाई १०४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट उर्लाबारी- ४ का बुद्दिमान साह र एलिश राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसचोक ईनरुवाले ४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका- ३ बाट प्र १-०५-००१ ख ००७० नम्बरको बस चालक त्रियुगा नगरपालिका- ७ का पर्शुराम मगर र सह-चालक उदयपुरगढी गाउँपालिका- ७ का जिवन कुमार कामीलाई अस्थायी प्रहरी पोष्ट बसपार्कले करिव ४७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी धनकुटाको धनकुटा नगरपालिका- १ बाट प्रहरी चौकी हिलेले पाख्रिबास नगरपालिका- ९ का रियल मगर र पाख्रिबस नगरपालिका- ४ का कुशल राईलाई प्रतिबन्धित औषधी ट्रामोल र स्पास्पेन ३६३ क्याप्सुल सहित नियन्त्रणमा लिएको छ भने सागुँरीगढी गाउँपालिका- २ बाट इलाका प्रहरी कार्यालय भेडेटारले सागुँरीगढी गाउँपालिका- २ का शिखर लिम्बुलाई को.२ ह १२५ नम्बरको अटोमा बोरा भित्र लुकाईछिपाई राखेको ७१ किलो ३५ ग्राम गाँजा सहित बेचबिखानमा संलग्न सागुँरीगढी गाउँपालिका- ३ का मदन याखा समेतलाई प्र. १-०४-००१ प ४७९१ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका- २ बाट इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड- २ का प्रवेश सहनी र किरण शर्मालाई २ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०४-०७

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर १०२ ग्राम ५७० मिलिग्राम, गाँजा १० किलोग्राम, ट्रामाडोल ४४ क्याप्सुल, डिसाइक्लोमाइन ४४ ट्याब्लेट बरामद भएको छ । ………………………. …………………………………………………. ……………………... मोरङको रंगेली नगरपालिका-७  स्थितबाट इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले BR38AH7193 र BR38AQ8243 नम्बरको मोटरसाइकलमा सवार भारत अररियाका २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मदलाई चेकजाँचको क्रममा १०१ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीले सुन्दरहरैँचा–९ का ३९ वर्षीय चेतन कुमार धमलालाई ७२० मिलिग्राम ब्राउन सुगर र नगद ३० हजार रुपैया समेत नियन्त्रणमा लिएको छ । त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय सुरुङ्गाले शिवसताक्षी नगरपालिका–१० का सन्तोष हस्तालाई ८५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने सुनसरीको प्रहरी चौकी तरहराले इटहरी उपमहानगरपालिका–३ का सरोज आचार्यलाई ट्रामाडोल ४४ क्याप्सुल, डिसाइक्लोमाइन ४४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।

अवैध गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट
२०८३-०४-०६

भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गर्दै गरेको छ ।  साउन ५ गते इलाका प्रहरी कार्यालय बोयाङ र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका-८ र ९ वडाका डाँडा पाखामा करिव ३ रोपनी क्षेत्रफलमा रहेका २ हजार ९० वटा गाँजाको बेर्ना तथा नाभो बोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।  यसै गरी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सिद्धिचरण नगरपालिका-१२ स्थित बारीमा आँफै उम्रेका ६० वटा गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको छ ।

लागू औषधसहित १ जना पक्राउ
२०८३-०४-०५

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न १ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको साथबाट प्रतिबन्धित औषधि ६० क्याप्सुल बरामद भएको छ । साउन ४ गते दिउसो धनकुटाको प्रहरी चौकी त्रिबेणीबाट खटिएको प्रहरी टोलीले शहिदभूमि गाउँपालिका–१ स्थितबाट भोजपुरको हतुवागढी गाउँपालिका–९ निवासी २३ वर्षीय हिलसन राईलाई प्रतिबन्धित औषधि ६० क्याप्सुलसहित पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।