प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

२०७८-१०-१२

  • A
  • A-
  • A+
Share

झापाको दमक नगरपालिका-३ का ६३ बर्षीय गणेश प्रसाद अधिकारीको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ ।  हिजो राती सवा ९ बजे अधिकारी खेतमा पानी लागाउन जाँदै गरेको अवस्थामा दमक-३ स्थित हुम्सेदुम्से सामुदायीक वनबाट आएको जंगली हात्तीले आक्रमण गरी लछारपछार पार्दा अधिकारीको घटना स्थलमै मृत्यु भएको थियो । घटना स्थलमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटी मृतक लाशको कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि दमक अस्पताल पठाएको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित ५ जना पक्राउ
२०८२-१०-०८

झापा, मोरङ, सुनसरी र पाँचथरबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ७ गते मोरङको विराटनगर- १५ स्थितमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगर खटिएको प्रहरी टोलीले सुनसरी इटहरी- ४ का सोनम विश्वकर्मा र इटहरी- ६ का बिक्की चौधरीलाई ६ ग्राम ब्राउन सुगर र नाईट्राजाम ५० चक्की सहित नियन्त्रणमा लिएको छ, भने झापाको मेचीनगर नगरपालिका-६ बाट लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाले बुद्धशान्ति गाउँपालिका- ४ का अनमोल राईलाई १ ग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम- १ बाट सोहि स्थानका सौगत बस्नेतलाई ट्रमाडोल ५३ क्याप्सुल सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा सुनसरीको धरान-२ स्थितबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले धनकुटा चौबिसे गाउँपालिका- ७ की मनमाया लिम्बुलाई ९ किलो ३०० ग्राम गाँजा र प्रदेश १-०२-०४६ प ८९९१ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको छ

धन्यवाद तथा शुभकामना कार्यक्रम
२०८२-१०-०७

कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागको पत्रादेशाले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट नेपाल प्रहरी प्रदेश कार्यालय भैरवा रुपन्देही सरुवा भई जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेललाई एक कार्यक्रमका बिच प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले व्यवसायीक तथा व्यक्तिगत जीवनको उत्तरोतर प्रगतीको कामना सहित धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभएको भएको छ । कार्यक्रममा सिनियर प्रहरी अधिकृत सहित प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

लागू औषध गाँजा, ब्राउन सुगर र औषधी सहित ७ जना पक्राउ
२०८२-१०-०७

झापा, मोरङ उदयपुर र सुनसरीबाट लागू औषध गाँजा, ब्राउन सुगर र औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ६ गते उदयपुरको अस्थायी प्रहरी पोष्ट मैनामैनीबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-७ स्थितबाट सोहि स्थानका मिसन राई, बिकाश राई र उमेश राईलाई १ सय ४३ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय छिटाहा सुनसरीले बा. २७ प १७६६ नम्बरको मोटरसाईकलमा सवार गढी गाउँपालिका-२ का अतिम मियाँ र इन्तियाज मियाँलाई ३५ किलो ८०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । यसैगरी लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा झापाले चेकजाँचको क्रममा गौरादह-५ का अमिर बास्कोटालाई ३ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानी (सिमा) ले सुनसरीको दुहवी-६ का रोहित शर्मालाई प्रतिबन्धित औषधी ७ बोतल सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
२०८२-१०-०७

मोरङको विराटनगर महानगरपालिका-४ स्थितबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित २ जना पक्राउ परेका छन । माघ ६ गते लागू औषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को. ३७ प ३३६६ नम्बरको मोटरसाईकलमा शंकास्पद अवस्थामा रहेका सुनसरी भोक्राहानरसिंह गाउँपालिका-५ का ३५ बर्षीय सुदिन मन्सुरीलाई १ सय ४० ग्राम ब्राउन सुगर सहित र इटहरी-५ का ५० बर्षीय रोहित कार्कीलाई उनकै कोठाबाट १४ ग्राम २३ मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित औषधी नाईट्राजाम ४ सय ६० ट्याब्लेट, कोरेक्स १८ बोतल र स्पास्मोप्रोक्सिवन ३ सय ३६ क्यापसुल सहित पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक प्रकाश थापा पुस महिनाको सर्वोत्कृष्ठ प्रहरी घोषित
२०८२-१०-०६

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी निरीक्षक प्रकाश थापालाई पुस महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदिय कर्तव्य निर्वाह गर्ने क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी निरीक्षक थापाले २०८२  साल असोज २६ गते ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका- ४ चार्खु कि ५२ बर्षीया रत्न कुमारी कटवाल (कार्की) को  हतियारधारी समूहले बन्चरो प्रहार गरी बीभत्स हत्या गरी नगद तथा सुनका गरगहना लुटपाट गरी लगेको घटनाको सफल अनुसन्धान गर्नुका साथै २०८२ साल पुस १५ गते ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका-६ का किराना पसल सञ्चालक दम्पति ६० बर्षीया सोवितमान थापा मगर र ६० बर्षीया रत्नमाया थापा मगरको हतियारधारी समूहले कोदालो तथा अन्य हतियारको प्रयोग गरी बीभत्स हत्या गरी अन्दाजी नगद १ लाख तथा सुनको गरगहना ८ तोला समेत लुटि लगेको घटनाको अनुसन्धानको क्रममा संलग्न ४ जना अभियुक्तहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन उल्लेखनीय भूमिका निर्वाह गरी आम नागरिकमा शान्ति सुरक्षाको अनुभूति दिलाउने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ठ तवरबाट निर्वाह गरेको हुँदा सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल पुस महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-१०-०६

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ विराटनगर, माघ ५ गते झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ४ गते विशेष सूचनाको आधारमा झापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा-८ का महमद सहवाज र अर्जुनधारा-७ का सुनिल कुमार मण्डललाई १ ग्राम ६४० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो भने मोरङको इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा -९ स्थितबाट सुन्दरहरैचा-१० का  योगेन्द्र श्रेष्ठलाई ३७ किलो ३६ ग्राम लागू औषध गाँजा सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी सुनसरीको प्रहरी चौकी सिशुवाधरमपुरबाट खटिएको प्रहरी टोलीले भोक्राहा नर्सिङ - ८  स्थितबाट भारतिय नम्बरको मोटरसाईलकलाई शंका लागी चेकजाँच गर्दा भोक्राहा नर्सिङ–८ का ४२ वर्षिय नौसाद आलमको साथबाट ६ ग्राम ३८० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेका चारै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेको छ ।