प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित ६ जना पक्राउ

२०८०-११-०८

  • A
  • A-
  • A+
Share

झापा, मोरङ, उदयपुर र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ८ बजे झापाको अर्जुनधारा नगरपालिका- ११ स्थित ३७ बर्षीया शोभा श्रेष्ठले आफ्नै घर कोठामा  लागुऔषधको बेचबिखान गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बुट्टाबारी र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर ५ सय ५० मिलिग्राम, बिभिन्न कम्पनिका मोवाईल ११ थान, नगद ३७ हजार रुपैया, घडी ४ थान, ईयरबड २ थान र पावरबैंक १ थान सहित पक्राउ गरेको हो । यसका साथै बेचबिखनमा संलग्न निजको छोरा १९ बर्षीय गोबिन्द श्रेष्ठ, बुहारी १८ बर्षीया सन्ध्या चौधरी श्रेष्ठ र ईलाम सन्दकपुर- ४ की २४ बर्षीया पलबी गुरुङ समेतलाई समेत पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर- १५ ढाट स्थित भारतबाट नेपालतर्फ आउदै गरेका भारतिय नागरीक २१ बर्षीय मो. सल्मानलाई ब्राउनसुगर १ ग्राम १२ मिलिग्राम सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने उदयपुरको बेलका- ९ स्थित ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले स्थानीय २० बर्षीय निकेश पराजुलीलाई ५ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । त्यस्तै प्रहरी चौकी भोक्राहा सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले भोक्रहा नर्सिङ गाउँपालिका १ र २ को सिमानामा स्थित रहेको गँहु बारीमा बेवारिसे अबस्थामा (८ बोरा) १ सय ९२ किलोग्राम गाँजा फेला पारी बरामद गरेको हो । लागुऔषध गाँजा र पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।