ब्राउन सुगर सहित ४ जना पक्राउ
२०७९-०९-२२
- A
- A-
- A+
झापाको दमक नगरपालिका-२ खरखरे स्थितबाट ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक-२ का ३६ बर्षीय सन्तोष राजवंशी, ३६ बर्षीय लिला कुमार बुढाथोकी, २८ बर्षीय केशव धिमाल र ३१ बर्षीय सन्दिप लिम्बु रहेका छन् । हिजो साँझ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले संकित अवस्थामा रहेका उनिहरुलाई चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ४ ग्राम फेला परेको थियो । ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले को १४ प ७७८४ र मे ८ प ३०६६ नम्बरको २ वटा मोटरसाईकल तथा बिभिन्न कम्पनिको ५ थान मोवाईल फोन समेत बरामद गरेको हो । पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।