लागुऔषध सहित ८ जना पक्राउ
२०८१-०२-१०
- A
- A-
- A+
झापा, मोरङ, धनकुटा र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ४ बजे झापाको बिर्तामोड नगरपालिका-५ सुकुमबासी टोल स्थित लागुऔषध कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-५ का ३६ बर्षीय कृष्ण ठाकुर र सुनसरी दुहवी घर भई हाल बिर्तामोड-४ बस्दै आएका ४२ बर्षीय खड्ग नारायण चौधरीलाई चेकजाँच गर्दा उनिहरुको साथबाट ब्राउन सुगर ७ ग्राम ५१० मिलिग्राम, २५४ ग्राम गाँजा र नगद २ हजार ६७० रुपैया फेला पारी पक्राउ गरेको हो भने सोहि दिन प्रहरी चौकी मेचीपारीबाट झापाको भद्रपुर नगरपालिका-३ स्थितमा खटिएको प्रहरी टोलीले मे. ४ प १६९६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकल चालक भद्रपुर-२ का २८ बर्षीय योगेश आलेको साथबाट फेनारगन र डाईजेपाम गरी जम्मा ९ एम्पुल प्रतिबन्धित औषधी फेला पारी नियन्त्रणमा लिएको हो । त्यसैगरी मोरङको बिराटनगर-१६ दरैया चोकबाट ७३ मिलिग्राम ब्राउन सुगर सहित कैलालीका २५ बर्षीय धिरज बिश्वकर्मालाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका-११ गाईघाट स्थित घरमा कोठा भाडा लिई बस्दै आएका सप्तरीका २९ बर्षीय दिपक बस्नेत, २९ बर्षीय प्रकाश खड्का र ३२ बर्षीय सुदर्शन गेलाललाई १ के.जी.१० ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । सहिदभुमि गाउँपालिका- ५ धनकुटाका २१ बर्षीय संन्देश राईलाई १ के.जी. ७०० ग्राम गाँजा सहित सहिदभुमि गाउँपालिका-६ बाट प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थपअनुसन्धान भईरहेको छ ।