प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

धारिलो हतियारले प्रहार गरी बालिकाको हत्या

२०८०-११-२२

  • A
  • A-
  • A+
Share

मोरङको पथरी शनिश्चरे नगरपालिका-७ लामाटोल बस्ने १६ बर्षीया ज्ञानमती फुलुङ राईको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सोमवार राती करिब साँढे १० बजेको समयमा आफ्नै घर पछाडी रहेको शौचालय जाने क्रममा अपरिचित ब्यक्तिले पछाडीबाट धारिलो हरियारले प्रहार गर्दा बालिकाको घटनास्थलमा मृत्यु भएको थियो । घटनाबारे जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटि गई घटना बारे अनुसन्धान भईरहेको र थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मोरङ तथा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले खटि घटनामा संग्लग्न ब्यक्तिको खोजतलास भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।