प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपराध अनुसन्धान सम्बन्धी एक दिवसीय गोष्ठी

२०८०-०४-२६

  • A
  • A-
  • A+
Share

अपराध अनुसन्धानमा प्रविधीको प्रयोग र प्रमाणमुखी अनुसन्धान अहिलेको आवश्यकता रहेको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक- राजेशनाथ बास्तोलाले  बताउनु भएको छ आज कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरको सभाहलमा छुट्टा छुट्टै सम्पन्न भएको अपराध अनुसन्धान सम्बन्धी एक दिवशिय गोष्ठी, प्रदेश प्रहरी बार्षिक कार्ययोजना २०८० सार्वजानिकीकरणप्रदेश प्रहरी प्रमुख तथा अन्तरगत रहेका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रममा सहभागि भई वाँहाले उक्त कुरा बताउनु भएको हो ।

यसका साथै वाँहाले शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणालीको विकास, सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउने, मानव अधिकार संरक्षण र सम्वर्द्धन, बिपद व्यवस्थापनमा नेपाल प्रहरीको क्षमता अभिबृद्धी, सुरक्षा तथा अन्य सरोकारवाला निकायहरुसँगको समन्वय र सहकार्यमा प्रभाबकारीता, तस्करी नियन्त्रण जस्ता कार्यहरुमा समेत बिशेष ध्यान दिन वाँहाले निर्देशन दिनु भयो ।

एक दिवशिय गोष्ठी कार्यक्रममा अपराधको वर्तमान अवस्था, अपराधका प्रवृत्तिहरु, Pending मुद्दाको अवस्था, फैसला कार्यान्वयनको अवस्था, अपराध अनुसन्धानमा देखिएका समस्या एवं चुनौतीहरु, अपराध अनुसन्धान एवं नियन्त्रणको कार्ययोजना र माथिल्लो कार्यालयसँगको अपेक्षाको बिषयमा समेत छलफल तथा अन्तरक्रिया भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुखहरुले आ-आफ्नो जिल्लाको प्रस्तुतीकरण समेत गर्नु भएको थियो

अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने, कोशी प्रदेश भित्रका अपराध अनुसन्धान गर्ने ईकाईहरुको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु वीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयवीच समन्वयको विकास गर्ने उद्देश्यका साथ अपराध अनुसन्धान सम्बन्धी एक दिवसीय गोष्ठी  को आयोजना गरिएको हो

सम्बन्धित समाचार
लागू औषध सहित ३ जना पक्राउ
२०८३-०२-२६

झापा, सुनसरी र मोरङ जिल्लाको विभिन्न स्थानहरूबाट जेठ २५ गते लागू औषध सहित ३ जना पक्राउ परेका छन् । झापाको इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पाँचथर फाल्गुनन्द गाउँपालिका–७ का २५ वर्षीय सुजन नेम्वाङलाई ८ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका–६ स्थितबाट पक्राउ गरेको छ भने सुनसरीको धरान उप-महानगरपालिका–१७ स्थितमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT तथा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको संयुक्त टोलीले सोही स्थानका ३१ वर्षीय करण खड्काको घर कोठामा चेकजाँच गर्दा Tramol ६५० क्याप्सुल र Coliban ९४० चक्की गरी जम्मा १ हजार ५ सय ९० पिस प्रतिबन्धित औषधि फेला पारी नियन्त्रणमा लिएको छ । त्यसैगरी मोरङको रतुवामाई नगरपालिका–८ स्थित ३५ वर्षीय कर्णबहादुर थापाले घरबाट लागू औषध बिक्री वितरण गर्दै आएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट खटिएको प्रहरी टोलीले थापालाई उनकै घरबाट ३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।

लागू पदार्थ सेवन गर्ने १४ जना नियन्त्रणमा
२०८३-०२-२६

मोरङको विराटनगर महानगरपालिका-१६ स्थित सिमा क्षेत्रमा चेकजाँचको क्रममा ला.प.से. गरी सवारी चलाउने १३ जना र पैदल यात्री १ जनालाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको “लागू औषध दुर्व्यसन विरुद्धको महाअभियान (Mega Campaign Against Narcotics- Mega CAN)” अन्तरगत जेठ २५ गते लागू पदार्थ सेवन तथा प्रयोग समेतलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले विराटनगर-१६ स्थित सिमा क्षेत्रमा आवत जावत गर्ने सवारी साधन तथा संकित व्यक्तिहरुलाई लक्षित गरी गरेको ला.प.से. चेकजाँचको क्रममा १२ जना सिटी सफारीका चालक, १ जना अटोटेम्पो चालक र १ जना पैदल यात्रीले ला.प.से. गरेको फेला पारेको थियो । लागू पदार्थ सेवन गर्ने १४ जनालाई इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।  

लागू औषध सहित ८ जना पक्राउ
२०८३-०२-२५

झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरूबाट लागू औषध सहित ८ जना पक्राउ परेका छन् । झापाको प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–४ सुकुम्बासी बस्ती स्थितबाट गौरीगञ्ज गाउँपालिका–१ का २० वर्षीय जीवन राजवंशीलाई १ ग्राम ५७ मिलिग्राम ब्राउन सुगर सहित, ताप्लेजुङ्गको सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनका २५ वर्षीय विजय लिम्बु र पाँचथरको फिदिम नगरपालिका–२ की २३ वर्षीया एलिना तामाङलाई प्रतिबन्धित औषधि NITZASCEN ७ चक्की सहित र इलाका प्रहरी कार्यालय अनारमनीबाट बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–६ स्थित राजु राजवंशीलाई उनकै घरबाट ३ ग्राम ब्राउन सुगर फेला पारी राजु राजवंशी र संलग्न ३० वर्षीय अभिनास चौधरीलाई पक्राउ गरेको छ । सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–७ स्थित २५ वर्षीय रवि श्रेष्ठलाई उनकै घरबाट ५ ग्राम १७० मिलिग्राम ब्राउन सुगर, N10 लेखिएको १६३ पिस प्रतिबन्धित चक्की, नगद ४५ हजार ९ सय रुपैया तथा एक थान डिजिटल तराजु सहित पक्राउ गरेको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तिमा खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–११ का २५ वर्षीय अभिषेक कार्की ढोली र त्रियुगा नगरपालिका–३ लच्काका ३० वर्षीय फिलेमान शाहको साथबाट १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ११ जना पक्राउ
२०८३-०२-२०

झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरूबाट लागू औषध सहित ११ जना पक्राउ परेका छन । झापाको इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर नगरपालिका-१४ का आकाश चौधरीलाई १६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी टाघनडुब्बाले दमक नगरपालिका-१० का सुरज राय र विराटनगर-३ का बाबुराम दर्जीलाई १४ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुनधारा नगरपालिका-७ का बिनोद मगर, भोजपुर हतुवागढी गाउँपालिका-४ का सागर राईलाई ५ किलो ९० ग्राम गाँजा सहित पक्राउ गरेको छ । यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कुशलबजारले पथरीशनिश्चरे नगरपालिका-८ का रबिन माझी, दुर्गा राई, पवन खत्री र कानेपोखरी गाउँपालिका-५ का रमल नेपालीलाई २०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको अस्थायी प्रहरी चौकी जोरसखुवाले धनकुटा साँगुरीगढी गाउँपालिका-९ का बिनोद राई र विशाल राईलाई ३७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।