प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण भ्रमण

२०८०-१०-२३

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नु भएको छ ।


निरीक्षण भ्रमणको क्रममा वहाँले समाजमा शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा गर्दै नागरिकमा प्रहरी सेवाको पहुँच पुर्‍याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । वहाँले धार्मिक स्थल, पर्यटकिय क्षेत्रहरु भएको तर यातायातको पहुँच कम भएको पहाडी जिल्ला ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी दुरदराजमा भएका नागरिकहरुमा प्रहरी सेवाको पहुँच पुर्‍याउने तथा सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

यसका साथै वहाँले समाजमा अपराधका घटना हुन नदिन तथा भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यमा सम्पुर्ण प्रहरी कर्मचारीहरु इमान्दारी पुर्वक लागि पर्नु पर्ने बताउनु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख खापुङले जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारीहरु, स्थानीय बुद्धिजिवि, नागरीक समाजका प्रतिनिधीहरु तथा संचारकर्मीहरुसंग भेटघाट गर्नु भई समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्थाको वारेमा अन्तरक्रिया तथा छलफल समेत गर्नु भएको थियो ।

सम्बन्धित समाचार
श्रीमतीको हत्यामा संलग्न श्रीमान पक्राउ
२०८१-०६-२३

श्रीमतीलाई धारिलो हतियार खुकरी प्रहार गरी हत्या गर्ने श्रीमान उदयपुरको ताप्ली गाउँपालिका-४ का ३५ बर्षीय जंग बहादुर घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ६ जलजले स्थितमा कोठा भाडामा लिई चिया पसल गरी बस्दै आएका तामाङले असोज २२ गते बेलुका सामान्य घरायसी  वाद बिवादको क्रममा आफ्नै श्रीमती २८ बर्षीया प्रमिला लामालाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । श्रीमतीको हत्या गरी भाग्दै गरेको अवस्थामा तामाङलाई इलाका प्रहरी कार्यालय जलजलेबाट गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

नक्कली नोट सहित १ जना महिला पक्राउ
२०८१-०६-२३

सुनसरीको हरीनगर गाउँपालिका-७ स्थितबाट नक्कली नोट सहित १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । असोज २२ गते बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले हरीनगर गाउँपालिका-७ की ३१ बर्षीया हजरुल खातुनको घर खानतलासी गर्दा उनको ओच्छ्यान मुनी लुकाई छिपाई राखेको अवस्थामा नेपाली रुपैयाको नक्कली नोट १ हजार दर को ५० थान र निषेधित औषधी नाईट्रोसन-१०० चक्की समेत बरामद गरेको थियो । नक्कली नोट र निषेधित औषधी सहित पक्राउ परेकी खातुनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा सहचालकको मृत्यु
२०८१-०६-२३

सुनसरीको ईनरुवा नगरपालिका-३ स्थित पुर्व पश्चिम लोकमार्गमा बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ । असोज २२ गते अपरान्ह मधेश प्र.०१-००१ च ०८४४  नम्बरको बोईलर कुखुरा बोकेको बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका सहचालक सप्तरी सुरुङ्गा नगरपालिका-२ का २१ बर्षीय विजय कुमार चौधरीको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो भने दुर्घटनाबाट घाईते भएका चालक राजबिराज नगरपालिका-६ का संजिव साह हलुवाइको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।   

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०८१-०६-२२

झापाको मेचीनगर नगरपालिका-६ स्थित पु मेचीपुलमा लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २१ गते लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका धनुषाको मिथिला नगरपालिका-९ का २८ बर्षीय श्याम बहादुर लोप्चनलाई ३५ ग्राम  ब्राउनसुगर सहित र बुद्धशान्ति गाउँपालिका-३ का ३३ बर्ष बर्षीय रोजन राजवंशीलाई १ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर  सहित नियन्त्रणमा लिएको छ । लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका दुबैजनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।