प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

साधना देवी प्रहरी पराक्रम पुरस्कारबाट प्रहरी सहायक निरीक्षक पुरस्कृत

२०८०-०६-३०

  • A
  • A-
  • A+
Share

यस बर्षको १ लाख धनराशीको नवौ “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” प्रहरी सहायक निरीक्षक किरण मगरलाई प्रदान गरिएको छ । प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने वाहाँलाई ६८ औ प्रहरी दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले पुरस्कृत गरेको हो ।
पुरस्कृत भएका मगरले ताप्लेजुङको कन्चन मनि ट्रान्सफरबाट रकम र गहना चोरी गर्ने गिरोह, धरान आसपासमा श्रृखलाबद्ध लुटपाट गर्ने गिरोहलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूति अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले कामको उच्च मूल्याकन गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले १ लाख धनराशीको साधनादेवी प्रहरी पराक्रम पुरस्कारले  वहाँहरुलाई पुरस्कृत गरेको हो ।
वर्षभरिमा उत्कृष्ट ठहरिएका प्रहरी कर्मचारीहरु मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवसको अवसरमा पुरस्कारका संस्थापक प्रतिनिधीद्वारा नगद पुरस्कार प्रदान गर्ने गरी भएको सम्झौता अनुरुप   साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठले १ लाखको  चेक तथा प्रशंसा-पत्र समेत प्रदान गर्नु भएको हो ।
प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न यस साधनादेबी प्रहरी पराक्रम पुरस्कारले महत्वपूर्ण भुमिका निर्बाह गर्ने बताउदै आफ्नी स्वर्गिय माता साधना देबी श्रेष्ठको नाममा बार्षिक रुपमा यसरी प्रदान गर्ने यो पुरस्कार कोषका संस्थापक प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठलाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले हार्दिक धन्यबाद दिनु भएको छ । सोही अवसरमा पुरस्कृत हुने प्रहरी अधिकृतलाई बधाई समेत दिनु भएको छ । साथै प्रहरी दिवसको अवसरमा साधनादेवी प्रहरी पराक्रम पुरस्कारका संस्थापक श्रेष्ठलाई प्रमुख अतिथि माननीय केदार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो  ।
स्वर्गिय माताको सम्झनामा प्रहरीको मनोबल बढाउने उदेश्यले यसरी पुरस्कृत गर्न पाएकोमा कोषका संस्थापक डा.बिक्रम श्रेष्ठले आफु लगायत आफ्नो परिवार खुशी भएको बताउनु भएको छ ।
पुरस्कृत हुने प्रहरी सहायक निरीक्षकले आफूबाट सम्पादित कार्यहरुको मुल्यांकन गर्दै उत्कृष्ट प्रहरीको रुपमा आफुलाई छनौट गरिएबाट संगठनले आफूलाई ठुलो सम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताएका छन् ।

सम्बन्धित समाचार
लागुऔषध सहित ९ जना पक्राउ
२०८१-०२-०७

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतवार बेलुका साढे ६ बजे झापाको बिर्तामोड नगरपालिका- ३ स्थितमा रहेको एक रेष्टुरेण्टमा लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड- ५ का २६ बर्षीय कुन्दन कुमार शर्मा र भारतिय नागरीक २३ बर्षीय रोहित मुखियालाई २० ग्राम ४०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी सोही दिन मोरङको रतुवामाइ नगरपालिका-२ स्थित इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री रतुवामाई- ९ का २३ बर्षीय बिशाल थारु चौधरीलाई ट्रामाडोल, स्पास्मो र नाईट्राभेट गरि जम्मा ३५७ ट्याब्लेट नियन्त्रित औषधी सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ३३ मिलिग्राम ब्राउनसगुर सहित बिराटनगर- १६ दरैयाबाट बिराटनगर- ११ की ३२ बर्षीया कल्पना राजभण्डारीलाई पक्राउ गरेको हो । त्यस्तै सुनसरीको हरिनगर गाउँपालिका-७ स्थित प्रहरी चौकी घुस्की र अस्थाई प्रहरी चौकी मोतीटप्पुबाट खटिएको प्रहरी टोलीले को. ३८ प ८८९२ र को. १३ प ४२४५ नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट श्रोत नखुलेको नेपाली नगद १० लाख ९ हजार २६० र भारु नगद १३० रुपैया, नियन्त्रित औषधी स्पासमो ३२ पिस गाँजा सहितको चिलिम १ थान र बिभिन्न कम्पनीको मोवाईल ५ थान बरामद गरेसगै मोटरसाईकलमा सवार देवानगंज-२ का २५ बर्षीय रहमान मियां, २४ बर्षीय सफराज मियां, २१ बर्षीय कुन्दन यादव, १९ बर्षीय विकास कुमार यादव र १८ बर्षीय प्रकाश कुमार यादवलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा बोकेको पिकअप सहित १ जना पक्राउ
२०८१-०२-०६

धनकुटाको शहिदभुमी गाउँपालिका-४ खोकु स्थितबाट लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छिन्ताङबाट शनिवार राती ११ बजे खटिएको प्रहरी टोलीले खोकुबाट पिप्ले तर्फ जादै गरेको प्रदेश १-०२-००२ च ६५६१ नम्वरको बलेरो पिकअप गाडीलाई चेक जाँच गर्दा गाडीमा लुकाई छिपाई राखेको १२ बोरा १६० किलोग्राम गाँजा बरामद गरेको हो । गाडीमा गाँजा बरामद भए संगै उक्त गाडीका चालक शहिदभुमी-४ का २७ बर्षीय योगेन राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा १ जना पक्राउ
२०८१-०२-०६

सुनसरीको इटहरी उप-महानगरपालिका-७ का ३३ बर्षीय उमेश चौधरीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शनिवार बेलुका साढे ५ बजे इटहरी-७ स्थितमा इटहरी उप-म.न.पा. ००१ ह ०३५ नम्वरको सिटी सफारी र साईकल एक आपसमा ठक्कर लागी दुर्घटना हुँदा सिटी चालक चौधरी र साईकल यात्री इटहरी-७ का २८ बर्षीय भिम भनिने राम कुमार पण्डित बिच सामान्य विवाद भएको र उक्त विवादका क्रममा चौधरीले राम कुमार पण्डितलाई शरिरको बिभिन्न भागमा खुकुरी प्रहार गर्दा पंडितको घटना स्थलमा नै मृत्यु भएको थियो । घटनामा संलग्न चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।