प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु

२०७९-०४-२५

  • A
  • A-
  • A+
Share

मोरङको बेलबारी नगरपालिका-६ सोमबारे जरुवा टोल स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट  १ जनाको मृत्यु भएको छ । हिजो राती पौने ९ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको को ११ प ९३१३ नम्बरको मोटरसाईकलले  ठक्कर दिई आफ्नो घर अगाडी बसिरहेकी  ६१ बर्षीया सितादेबि ढकाल घाईते भएकी थिईन । ठक्करबाट घाईते भएकी ढकाललाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । मोटरसाईकल र चालक  मोरङ बेलबारी-६ का २३ बर्षीय अमन चौधरीलाई नियन्त्रणमा लिई  घटना सम्बन्धमा  ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध ब्राउनसुगर र गाँजा ओसार पसारमा संलग्न ११ जना पक्राउ ।
२०८१-१२-१३

मोरङ झापा र धनकुटाको विभिन्न स्थानहरुबाट ९ जनालाई ९७ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर सहित र प्रतिवन्धित औषधी र गाँजा ओसार पसारमा संलग्न २ जना सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र १२ गते लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँको क्रममा देश भारत वेष्ट बंगाल का ३२ बर्षीय साम्सद खान र २७ बर्षीय साहेव अलीलाई ब्राउन सुगर ८७ ग्राम ३४०मिलिग्राम सहित झापा मेचीनगर नगरपालिका-६ स्थितबाट पक्राउ गरेको छ । त्यसैगरी विराटनगर महानगरपालिका-१५ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा देश भारत राज्य विहार अररिया नरपथगंजका २२ बर्षीय मोहमद नहिमलाई ब्राउन सुगर १ ग्राम ७ मिलिग्राम, उदयपुर चौदण्डीगढी नगरपालिका- ६ का २७ बर्षीय पेशल बस्नेत र २३ बर्षीय गगन खतिवडालाई १ ग्राम ४८ मिलिग्राम ब्राउन सुगर र NITRAVET-10- १५ ट्याबेलट, मोरङ सुन्दरहरैचा- ५ का १९ बर्षीय कबिन राईलाई ४ ग्राम ३२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-१० का १८ बर्षीय रविन थाङ्देन र  २१ बर्षीय अमृत तामाङलाई प्रतिबन्धित औषधी २ सय ३८ ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय पकलीले स्थानिय २६ बर्षीय मो.सादिक मिँया र ३५ बर्षीय मो.समिर मिँयालाई ब्राउन सुगर ४ ग्राम ६२० मिलिग्राम सहित पक्राउ गरेको छ । यसैगरी धनकुटा साँगुरीगढी गाउँपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा यात्रुवाहक बसमा सवार रहेका धनकुटा सहिदभुमी- ७ का ३२ बर्षीय चिरन्जिवी राईलाई १५ किलो लागुऔषध गाँजा सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

आगोलागी नियन्त्रण तथा उद्दार अनुशिक्षण प्रथम समुहको समुद्‍घाटन
२०८१-१२-१३

 कोशी प्रदेश कार्यालय विराटनगरको तत्वावधानमा ७ कार्य दिनको “आगोलागी नियन्त्रण तथा उद्दार अनुशिक्षण तालिम प्रथम समुहको समुद्‍घाटन भएको छ । उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई विपद व्यवस्थापन अन्तर्गत अग्नि नियन्त्रण सम्बन्धि सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराई आगलागीको घटनामा मानविय तथा भौतिक क्षेति न्यूनिकरणको लागि आवश्यक श्रोत साधन सहित परिचालन गरिने छ । चैत्र १३ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा उद्‍घाटन भएको तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन सम्वोधनको क्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुवास भट्टाराईले मानव जीवनकै कठोरतम विपत्ती रहेको आगलागीको घटनाले मानवीय र भौतिक संरचनाको ठुलो क्षेति हुन सक्ने भएको र यसको उद्धार कार्य पनि निकै कष्टकर हुने हुँदा उद्धार कार्यमा खटिने प्रहरी कर्मचारीहरूलाई प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान, सिप तथा कौशल सम्बन्धी तालिम उपलव्ध गराई उद्धार कार्य प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरुलाई तालिम प्रदान गरिएको बताउनु भयो । उक्त तालिममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत जुनियर प्रहरी अधिकृत देखि प्रहरी जवान सम्मका ५० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ
२०८१-१२-१२

झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ११ गते मेचि बिट र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा ९ ग्राम १ मिलिग्राम ब्राउन सुगर सहित मे.६ प ९९७७ नम्बरको मोटरसाईकल चालक माई नगरपालिका-५ ईलामका ३३ बर्षीय भुपेन्द्र लावती र मोटरसाईकल पछाडी सवार बिर्तामोड-५ का २३ बर्षीय राजिब चौधरीलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर-१७ बाट को. २९ प ६४२७ नम्बरको मोटरसाईकल चालक बेलबारी-११ का २९ बर्षीय आशिष राई र मोटरसाईकल पछाडी सवार २९ बर्षीय आशिष तामाङलाई ६ ग्राम १२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने सुनसरी धरानका २४ बर्षीय अफ्रोज सिद्धिकीलाई ट्रामाडोल १२० क्याप्सुल र १२० ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय धरान सुनसरीले पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध दुर्व्यसन विरुद्द सुधारका लागी शिविर अभियान अन्तरगत छलफल तथा अन्तरक्रिया
२०८१-१२-११

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा लागू औषध दुर्व्यसन विरुद्द सुधारका लागी शिविर अभियान कार्ययोजना अन्तरगत छलफल,अन्तरक्रिया तथा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । चैत्र ११ गते अपरान्ह भएको कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले सेवनकर्ता तथा अति सेवनकर्ताहरुलाई अस्थायी रुपले होल्डिङ् सेन्टरमा राखी मनोसामजिक परामर्शकर्ताहरुबाट परामर्श उपलव्ध गराई उपचारात्मक पद्दतिबाट समाजमा पुनर्स्थापन गराउने उद्देश्यका साथ सुधारका लागि शिविर (Camp For Correction-CFC) को परिकल्पना गरी कार्यान्वयन गर्न लागिएको बताउनु भएको थियो । उक्त कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश प्रहरी कार्यालयले लागू औषध दुर्व्यसन विरुद्द सुधार कार्यक्रमको योजनाले अपेक्षाकृत प्रतिफल उपलव्ध हुने विश्वास व्यक्त गर्नु हुदै कोशी प्रदेशमा दुर्व्यसन विरुद्द सुधार कार्यक्रम कार्यान्वयनको लागी प्रदेश सरकार प्रतिबद्द रहेको र कोशी प्रदेश प्रहरी कार्यालयले समाजमा शान्ति सुरक्षा स्थापना गर्न बिभिन्न प्रकारका योजना बनाई कार्य गर्दै आएकोमा प्रदेश सरकारको तर्फबाट सदैव साथ सहयोग रहने वताउनु भयो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दुर्गा प्रसाद दाहालले कोशी प्रदेश प्रहरी कार्यालयको लागू औषध दुर्व्यसन विरुद्द सुधार कार्यक्रमको कार्य योजना, कोशी प्रदेशमा लागुऔषध प्रयोगकर्ताको संख्यात्मक विवरण, लागु औषको जोखिम न्यूनिकरण, दुर्व्यसन रोकथाम, उपचार तथा पुनर्स्थापना, लागु औषध दुर्व्यसनबाट हुने क्षेति लगायतका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो भने कार्यक्रममा कोशी प्रदेश आन्तरीक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारी तथा प्रदेश सचिव राम प्रसाद आचार्यले समेत आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेश प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी सहित सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।  

जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण
२०८१-१२-१०

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जिल्ला प्रहरी  कार्यालय खोटाङको निरीक्षण भ्रमण गर्नु भएको छ । चैत्र १० गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशनको क्रममा वहाँले प्रहरी क्रमचारीहरुले आ-आफनो पदिय जिम्मेवारी अनुसार नागरिकहरुमा शान्ति सुरक्षा प्रदान गर्नु प्रहरीको मुख्य दायित्व रहेकोले समाजमा आम नागरीक र प्रहरी बिचको सम्बन्ध सुमधुर बनाउदै कुनै पनि अपराधिक घटनाहरु घट्न नदिनका लागि ग्रामिण भेगका बस्तीहरुमा छोटो तथा लामो दुरीको प्रहरी गस्ती परिचानल गरी बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समेत निर्देशन दिनुभयो । साथै वहाँले सुख्खा मौसमको समयमा हुने आगलागि जस्ता दैविक विपदका घटनाहरुमा आफुसँग भएको समित स्रोत साधनको उच्चतम प्रयोग गरी तत्काल परिचालन हुन सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख अधिकारीले उत्कृष्ट कार्य सम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक बिष्ट लगायत लामो समय सम्म दुर्गम जिल्ला खोटाङका बिभिन्न ईकाईहरुमा कार्यरत रही उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई मनोबल उच्च बनाउने उदेश्यले पुरस्कृत गर्नु भएको थियो ।