प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध ब्राउनसुगर सहित १० जना पक्राउ

२०८२-०१-०६

  • A
  • A-
  • A+
Share

झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट बैशाख ०५ गते लागूऔषध ब्राउनसुगर सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरी टोलीले कचनकवल गाँउपालिका- ६ बनियानि चोक स्थितमा  भारतीय BR37 AE  6451 नम्बरको मोटरसाइकल चालक कचनकवल-५ का २८ बर्षीय कासिम मियालाई लागूऔषध ब्राउनसुगर ४४ ग्राम ८ सय २० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका-६ स्थितबाट मे ९ प ३४३६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आईरहेका पाँचथरको कुम्मायक गाउँपालिका-३ का २८ बर्षीय अइन्द्र विक्रम खड्कालाई २७ ग्राम १ सय ३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने झापाको इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले झापाको झापा गाउँपालिका-४ टाघनडुब्बा स्थितबाट शिवसताक्षी नगरपालिका-५ का २७ बर्षीय पञ्चम ताजपुरिया र २६ बर्षीय अर्जुन हजामलाई १ ग्राम ४ सय २० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले सुनसरीको ईनरुवा नगरपालिका-२ का २६ बर्षीय सुदिप न्यौपाने र २५ बर्षीय नविन अलीलाई २ ग्राम २८ मिलिग्राम, कोशी गाउँपालिका-२ का एक बालकलाई  २ ग्राम लागूऔषध ब्राउनसुगर सहित र इलाका प्रहरी कार्यालय पकलीले सुनसरीको रामधुनी नगरपालिका-५ स्थितबाट सोही स्थानमा २४ बर्षीय आशिष कुमार सरदार र ३० बर्षीय कृष्ण चौधरीलाई १ ग्राम ५० मिलीग्राम ब्राउनसुगर सहित पक्राउ गर्न सफल भएको हो ।

यसका साथै मोरङको बिराटनगर महानगरपालिका-१५ स्थीत एक नम्बर ढाँटमा  DOG Sniffing  को चेकिङ टोलिले सुनसरीको धरान उप-महानगरपालिका-१४ का ३९ बर्षीय  रमेश परीयारलाई ब्राउनसुगर ५ ग्राम ७४० मिलिग्राम सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान गरीरहेको छ । लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका सबैजनाको कानूनी प्रकृया भईरहेको छ ।

 


सम्बन्धित समाचार
लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८३-०५-२६

झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । झापाको बाह्रदशी गाउँपालिका-१ खैरबारी स्थितबाट अस्थायी प्रहरी चौकी कुटिबाट खटिएको प्रहरी टोलीले को ३१ प ६१६० नम्बरको मोटरसाईकलमा सवार चालक बिर्तामोड नगरपालिका-३ का २९ वर्षिय गणेश राजवंशी र पछाडी सवार २३ वर्षिय विश्वजित राजवंशीलाई ब्राउन सुगर ३ ग्राम ६५ मिलिग्राम सहित पक्राउ गरिएको छ भने मोरङको इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ नगरपालिका-४ का २३ वर्षिय बिकास राई र सोही स्थानका २० वर्षिय सबिना लिम्बुलाई ३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

१० लाख भन्दा बढीको अवैध सामान बरामद
२०८३-०५-२६

झापा र सुनसरी जिल्लाका छुट्टा छुट्टै दुई स्थानबाट भन्सार छलीका १० लाख भन्दा बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ । भदौ २५ गते गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका-१० फाल्गुनन्द चोक स्थितमा प्रदेश ३-०१-०२३ च २४७५ नम्बरको मारुती कार्गो (ईको) भ्यानमा अवैध रुपमा भन्सार छली गरी ल्याउदै गरेका बिभिन्न प्रकारका कपडाहरु र भ्यान सहित ९ लाख २९ हजार १ सय रुपैँया बराबरको सामान बरामद गरे संगै गाडी चालक भद्रपुर नगरपालिका-५ का ३० वर्षीय राकेश लिम्बुलाई नियन्न्त्रणमा लिई आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सितागंज सुनसरीले बर्जु गाउँपालिका-२ स्थितबाट  प्र.१-०४-००१ प ९३३२ नम्बरको मोटरसाईकलमा अवैध रुपमा भन्सार छली गरी ल्याएको कुर्ता सुरुवाल समेत गरी १ लाख ३२ हजार बराबरको सामान बरामद गरेको छ ।

बिभिन्न मुद्दाका १४ जना फरार प्रतिबादीहरु पक्राउ
२०८३-०५-२६

मोरङ, सुनसरी र धनकुटाबाट बिभिन्न मुद्दाका १४ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरीएको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले भदौ २५ गते मोरङबाट ९ जना, सुनसरीबाट ४ जना, र धनकुटाबाट १ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । बिभिन्न अपराधमा संलग्न रहेर अदालतबाट दोषी ठहर भई फरार रहेका उनिहरुलाई पक्राउ गरी कैद भुक्तानको लागी कारागार पठाएको छ । पक्राउ परेकाहरुबाट ७ बर्ष ५ महिना कैद सजाय  र १ लाख १७ हजार ३ सय ६७ रुपैयाँ जरिवाना रकम असुल उपर भएको छ ।

१०१ किलो ६४० ग्राम गाँजा सहित ५ जना पक्राउ
२०८३-०५-२६

उदयपुरको त्रियुगा नगरपालिका-६ स्थितबाट १ सय १ किलो ६४० ग्राम लागू औषध गाँजा सहित ५ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । भदौ २५ गते त्रियुगा नगरपालिका-६ स्थितमा प्रहरी चौकी लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले गाईघाटबाट कदमाहा तर्फ जादै गरेको २ वटा यात्रु वाहक विङगर गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको छतमा प्लास्टिकमा प्याक गरी झोलामा लुकाई छिपाई राखेको  १ सय किलो १६४ ग्राम गाँजा बरामद गरेको थियो । गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न संकित ५ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।

गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट
२०८३-०५-२५

भोजपुर र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा लगाईएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ । भदौ २४ गते सम्बन्धित एरिया इलाकाहरुबाट खटिएको प्रहरी टोलीले उदयपुरको ताप्ली गाउँपालिका र कटारी नगरपालिकाको बिभिन्न स्थानहरुमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा लगाईएका गाँजाको बोट तथा बेर्नाहरु करिव १ हजार २६० वटा फडानी गरी नष्ट गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरको प्रहरी टोलीले भोजपुरको हतुवागढी र आम्चोक गाउँपालिकाको पाखाबारीहरुमा करिव ३ रोपनी क्षेत्रफलमा रहेको करिव ८५० वटा गाँजाको नाभो बोटहरु फडानी गरि जलाई नष्ट गरेको छ ।