प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

२०८०-११-२०

  • A
  • A-
  • A+
Share

मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे उदयपुरको त्रियुगा नगरपालिका-१३ स्थित मदन भण्डारी लोक राजमार्गमा गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको  प्र २-०१-००२ प २०२८ नम्बरको मोटरसाईकलले पैदलयात्री स्थानिय ५४ बर्षिय बिदुर रेग्मीलाई ठक्कर दिँदा घाईते भएकोमा उपचारको क्रममा न्युरो अस्पताल बिराटनगमा राती साढे ११ बजे मृत्यु भएको थियो भने मोटरसाईकल चालक चौदन्डीगढी नगरपालिका-६ का २४ बर्षिय अमद कुमार दाहाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ । यसैगरी शनिबार दिउँसो पौने १ बजे मोरङको सुन्दरहरैचा नगरपालिका- ७ ठडिया स्थित पुर्व पश्चिम राजमार्गमा ईटहरीबाट बेलबारीतर्फ आउदै गरेको प्र १-०१-००१ ख ४०३४ नम्बरको बसले पैदल हिडिरहेको अवस्थामा भारतको लुवाघाट बस्ने ५२ बर्षिया मिरा कुमारी श्रेष्टलाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते उनलाई उपचारकोलागी बिराटटिचिङ अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो भने बस र चालक झापाको बिर्तामोड नगरपालिका-४ का ४० बर्षिय प्रेम भट्टराईलाई  ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थी अधिकृतहरुको अवलोकन भ्रमण
२०८२-०८-१७

सैनिक कमाण्ड तथा स्टाफ कलेज काठमाण्डौका प्रशिक्षार्थी अधिकृतहरुले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अवलोकन भ्रमण गर्नु भएको छ । सैनिक कमाण्ड तथा स्टाफ कलेज काठमाण्डौमा सञ्चालन भईरहेको कमाण्ड तथा स्टाफ तालिममा तालिमरत शिक्षार्थी अधिकृतहरूलाई आन्तरिक अध्ययन भ्रमणको कार्यक्रम अनुसार  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर भ्रमणको क्रममा आउनु भएका प्रशिक्षार्थीहरुलाई प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले नागरिक सहायता कक्ष, प्रशासन शाखा, अपराध अनुसन्धान शाखा लगायत सम्पूर्ण शाखाहरुको भ्रमण अवलोकन गराउनु भएको थियो । अवलोकन भ्रमणको क्रममा प्रहरी उपरीक्षक तिम्सिनाले अधिकृत प्रशिक्षार्थीहरुलाई प्रहरीले सम्पादन गर्ने दैनिक काम कारवाही, अपराधको तथ्याङ्क, अपराध नियन्त्रणमा प्रहरी, फरार प्रतिवादी पक्राउ, लागू औषध नियन्त्रण, अन्य सुरक्षा निकायसंगको समन्वय र सहकार्य, जेन्जी आन्दोलन पश्चातका सुरक्षा चुनौती, आगामी निर्वाचनको सुरक्षा व्यवस्थापन लगायतका बिषयमा अवगत गराउनु भएको थियो भने प्रशिक्षार्थी अधिकृतहरुसंग छलफल तथा अन्तरक्रिया समेत गर्नु भएको थियो । अवलोकन भ्रमणको कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेल, सैनिक तथा स्टाफ कलेज काठमाण्डौका प्रमुख सेनानी सुवास चन्द्र महत लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो

लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-०८-१७

सुनसरीको इलाका प्रहरी कार्यालय पकली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले लागूऔषध ब्राउन सुगर ओसार पसारमा संलग्न रहेका ४ जनालाई १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम र २ जनालाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । मंसिर १६ गते दिउँसो सुनसरीको रामधुनी नगरपालिका-१ स्थितमा लागू औषधको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-५ का ३६ बर्षीय साहबुदिन आलम, इटहरी उप-महानगरपालिका-१८ का २० बर्षीय मोहमद साबिर, २४ बर्षीय रहमत अली र २४ बर्षीय मोहमद असलमलाई १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।  सोही दिन झापाको प्रहरी चौकी टाघनडुब्लाले  शिवसताक्षी नगरपालिका-६ का ओम नारायण राजबंशी र मनोज राजबंशीलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय पाचँथरको निरीक्षण, आपसी भाईचारा र सहयोगी भावनाका साथ नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन
२०८२-०८-१७

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय पाचँथरको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर १७ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । वँहाले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपाल प्रहरी सदैव अग्रणी स्थानमा रहेर कार्य गर्दै आईरहेको बताउदै आपसी भाईचारा तथा सहयोगी भावनाको बिकाश गरी आचरण तथा व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न  प्रहरी कर्मचारीहरुलाई  निर्देशन दिनु भएको छ । जिल्लाका दुरदराजमा रहेका बस्तीहरुमा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ती परिचालन गर्न र चेतनाको कमीको कारण हुने घटना दुर्घटनालाई नियन्त्रण गर्न  सचेतनामुलक कार्यक्रमहरु प्रभावकारीरुपमा संचालन गर्न निर्देशन दिनुका साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउनको लागी आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराई समेतको उपस्थिती रहेको थियो ।

प्रतिबन्धित औषधी ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद
२०८२-०८-१७

मोरङको धनपालथान गाउँपालिका-१ गडेरीया स्थितबाट बेबारीसे अवस्थामा रहेको प्रतिबन्धित औषधी ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल प्रहरीले बरामद गरेको छ । मंसिर १६ गते बिशेष सूचनाको आधारमा प्रहरी चौकी गडेरीयाबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका-१ गडेरीया टोल स्थित बाँसको झ्याङमा २ वटा झोलामा बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित औषधि ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद गरेको हो । लागू औषध बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा  थप अनुसन्धान भईरहेको छ । चेकजाँचको क्रममा सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाले धरान-१३ स्थितबाट प्रतिवन्धित औषधी २७६ चक्की सहित १ जनालाई पक्राउ गरेको छ ।

पाँचथरका स्थानिय बासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया
२०८२-०८-१७

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय पाँचथर पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्लाका स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथआ अन्तरक्रिया गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरको सभाहलमा भएको फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख घिमिरेले समाजमा शान्ती सुरक्षा कायम राख्न प्रहरी र नागरिक विचको सम्बन्ध सुदृढ बनाई सामुहिक भावनाका साथ अगाडि बढ्नु पर्ने बताउनुभयो । वहाँले उपस्थित महानुभावहरुबाट जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रहरीसंगको अपेक्षाका साथै उठेका जिज्ञासाहरुको सुनुवाई समेत गर्नु भएको थियो । कार्यक्रममा नगर प्रमुख काफ्लेले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा स्थानीय सरकारको सदैव साथ र सहयोग रहने बताउनु भयो । उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधि, राजनैतिक दल, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, शिक्षक,नागरिक समाज, संचारकर्मी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराई जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक अनिस कुमार कर्ण लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।