बेवारीसे लागुऔषध गाँजा बरामद
२०८१-०२-०९
- A
- A-
- A+
सुनसरीको देवानगंज गाउँपालिका-२ यादवटोल स्थितबाट बेवारीसे लागुऔषध गाँजा बरामद भएको छ । हिजो बेलुका ८ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा रहेको बाग्मती ८ च १२५५ नम्बरको कार बेवारिसे अवस्थामा फेला पारी चेकजाँच गर्दा उक्त कारको डिकि भित्रबाट ९७ किलोग्राम (४ बोरा) गाँजा फेला पारेको थियो भने कार चालकको खोजी भईरहेको छ ।