धन्यवाद तथा शुभकामना कार्यक्रम
२०८२-०१-१७
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यतामा धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । वैशाख १७ गते दिउँसो भएको उक्त कार्यक्रममा तालुक नेपाल प्रहरी प्रधान कार्यलय मानवश्रोत विकास विभागको पत्रादेशानुसार कोशी प्रदेश प्रहरी कार्यालय गण विराटनगरबाट जिल्ला प्रहरी कार्यालय रुपन्देही सरुवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक प्रदीप बहादुर थापालाई प्रहरी वरिष्ठ उपरीक्षक दाहाल तथा प्रहरी वरिष्ठ उपरिक्षक गोबिन्द अधिकारी सहितका प्रहरी अधिकृतहरुले व्यवसायीक तथा व्यक्तिगत जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दै धन्यवाद तथा शुभकामना सहित विदाई गर्नु भएको छ ।