प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध दुर्व्यसन बिरुद्ध सचेतनामुलक कार्यक्रम

२०८१-०३-३०

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सिमा नाकाहरुलाई लक्षित गरी लागु औषध दुर्व्यसन रहित समाजको परिकल्पनाका साथ दुर्व्यसन कर्ताहरुलाई निरुत्साहित गर्ने उद्धेश्यले दुर्व्यसन बिरुद्द आमाहरु कार्यक्रमका साथै लागुऔषध दुर्व्यसन बिरुद्ध सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । आज अपरान्ह बिराटनगर बिराटनगर-१६ स्थितमा  जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी  र सामुदायिक प्रहरी सेवा केन्द्र रानीको सहकार्यमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहानिरीक्षक चन्द्र कुबेर खापुङको अध्यक्षता तथा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाको प्रमुख आतिथ्यतामा  लागुऔषध दुर्व्यसनी बिरुद्ध सचेतनामुलक कार्यक्रम संचालन  भएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कोशी प्रदेश प्रहरी प्रमुख खापुङले लागुऔषध दुर्व्यसनलाई निरुत्साहित गरी स्वस्थ्य, सुखी परिवार र समुन्नत समाज निर्माण  गर्नको लागि “दुर्व्यवसन बिरुद्ध आमाहरु” कार्यक्रम कोशी प्रदेशमा अभियानकै रुपमा ल्याएको बताउदै वालबालिकाहरुसंग वढी समय आमाहरुले बिताउने हुँदा उनिहरुको वानी व्यहोरामा आएको परिवर्तन सहजै आमाहरुले महसुस गर्ने भएकोले आमा समुहलाई अगुवा बनाएर कार्यक्रम संचालनमा ल्याईएको बताउनु भयो ।  वहाँले व्यक्तिगत तथा पारिवारिक समस्या, अपहेलाना र  साथीभाईको लहलहैमा लागेर युवाहरु लागुऔषधको कुलतमा फस्ने गरेकोले यस्तो अवस्था आउन नदिन आमाहरु नै जागरुक हुनु पर्ने बताउनु भयो ।

 
कार्यक्रममा प्रमुख अतिथि नागेश कोईरालाले नेपाल प्रहरीले लागुऔषधको प्रयोग तथा ओसार पसार नियन्त्रण गरी युवाहरुलाई लागुऔषधको कुलतबाट जोगाउन  संचालनमा ल्याएको “दुर्व्यसन विरुद्ध आमाहरु”  कार्यक्रम स्वागत योग्य रहेको बताउदै यस्ता कार्यक्रममा महानगरको सदैव साथ र सहयोग रहने वताउनु भयो ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले लागुऔषधको प्रयोगले व्यक्तिगत जीवन, पारिवार र समाजलाई असर पर्‍याउनुका साथै अपराधका घटनाहरु समेत बढाउने भएकोले यसलाई नियन्त्रण गर्न गत चैत्र १४ गते  “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरी कोशी प्रदेश अन्तर्गत रहेका पालिका र वडा स्तर सम्म कार्य समिति गठन गरी कार्यक्रम संचालन गरिरहेकोमा उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउन सिमा नाकालाई लक्षित गरी यो कार्यक्रम संचालन गरेको बताउनु भयो ।


कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई,जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की,विराटनगर महानगरपालिका-१५ का वडा अध्यक्ष प्रकाश साह र महिला अधिकारकर्मी सामाजिक अभियन्ता सदिना खातुनले आ-आफ्नो भनाई राख्नु भएको थियो । उक्त कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, सामुदायक सेवा केन्द्र रानीकाका पदाधिकारी, नागरिक समाज, आमा समुह, संघसंस्थाका प्रतिनिधिहरु, जेष्ठ नागिक, संचारकर्मी, महिला सजाल, युवा समुह, स्थानिबासीहरु समेतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८२-०४-०३

सुनसरीको दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । साउन ०२ गते बिहान पौने १० बजे सुनसरीको इटहरी उप-महानगरपालिका- २० स्थित प्रदेश न. २-०१-००३ प २७२८  नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक सिरहा लाहान- ८ का ५० बर्षीय बिमल कुमार साहको उपचारको क्रममा बि.पि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमाट मृत्यु भएको हो । त्यस्तै भोक्राहा नरसिंह गाउँपालिका- ५ स्थितमा प्रदेश १-०२-००२ ख ०२४० नम्बरको टिफरले प्रदेश १-०२-०४३ प १३३८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक भोक्राहा नरसिंह- ३ का ३५ बर्षीय सुदिन यादवको उपचारको क्रममा जिल्ला अस्पताल सुनसरीमा मृत्यु भएको हो । घटनामा संलग्न टिफर चालक भोक्राहा- २ का २८ बर्षीय जयप्रकाश मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-०४-०३

 सुनसरीको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०२ गते सुनसरीको कोशी गाउँपालिका- १ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिगएको प्रहरी टोलीले चेकजाँचको क्रममा कोशी गाउँपालिका-२ का ३२ बर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ बर्षीय रंजित कुमार यादवको साथबाट ३६ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै ईनरुवा नगरपालिका- ४ बाट बराक्षेत्र नगरपालिका- ९ का १९ बर्षीय प्रबिन बिष्ट र मोरङ बेलवारी नगरपालिका- ९ का अमृत तमाङलाई ट्रामाडोल र एन्टिकफ गरी जम्मा ३०५ पिस सहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी चौकी अमरहाट धरानले धरान- १३ बाट मोरङ रंगेलीका रोशन उप्रेतीलाई १० किलोग्राम गाँजा सहित  पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

ठुलो परिमाणको प्रतिवन्धित औषधी सहित १ जना पक्राउ
२०८२-०४-०२

झापाको बिर्तामोड नगरपालिका-५ स्थितबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । घिमिरेले बिर्तामोड-५ स्थितमा कोठा भाडालिई प्रतिवन्धित औषधीहरु भण्डारण गरी राखेको भन्ने विशेष सुचनाको आधारमा असार १ गते अस्थायी प्रहरी पोष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट ट्रमाडोल  १ लाख ३ हजार ८ सय क्यापसुल, ट्रमाडोल इन्जेक्सन १ हजार ८ सय ७० एम्पुल, ट्रमाडोल ४ हजार ५० ट्यावलेट, डाईक्लोमाईन ९७ हजार ट्याव्लेट, सिल्डेनाफिल ८ हजार ९ सय ट्याव्लेट, मिफिप्रिस्टोन एण्ड माईसोप्रोस्पल ७ हजार ६ सय ५० ट्याव्लेट सहित पक्राउ गरेको छ । प्रतिवन्धित औषधी सहित पक्राउ परेका घिमिरेको अन्य थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०४-०२

मोरङ, सुनसरी र धनकुटाबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १ गते मोरङको सुनबर्षी नगरपालिका-९ स्थितमा इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत बिहार सिक्टी ग्राम पंचायतका ३२ बर्षीय सद्दाम हुसेन र भारत अररिया सिक्टी ग्राम पंचायतका ३२ बर्षीय शेर मोहमदलाई ६३ ग्राम १० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसै गरी सप्तरी हनुमानगर कंकालिनी नगरपालिका-९ की २१ बर्षीया प्रतिक्षा राय लाई १ ग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय लौकहीले कोशी गाउँपालिका-१ स्थितबाट नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी हिले धनकुटाले शहिदभुमी गाँउपालिका-५ का २३ बर्षीय सुवास राईलाई २ सय ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।