प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बस दुर्घटना हुदा चालक सहित १४ जनाको मृत्यु, ५ घाईते ।

२०७८-११-२६

  • A
  • A-
  • A+
Share

संखुवासभाको मादी नगरपालिका-६ सातघुम्ती स्थित भित्री सडक खण्डमा बस दुर्घटना हुदा चालक सहित १४ जनाको घटना स्थलमा नै मृत्यु भएको हो भने ५ घाईते भएका छन । आज बिहान पौने ८ बजे मादीबाट झापा तर्फ आउदै गरेको बा.४ख ७३५ नम्वरको यात्रु वाहक बस सडकबाट अन्दाजी ३०० मिटर तल झरी दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएका ५ जनालाई प्रहरीले उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएकोमा थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा धरान घोपा पठाईएको छ भने मृत्यु भएकाहरुको शव प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरको शव गृहमा राखिएको छ ।
 घटना स्थलमा तत्कालै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदी सहितको टोली र इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक सहितको टोली खटि मृतक तथा घाईतेहरुको उद्धार गरिएको हो ।
घाईतेः
१.     संखुवासभा मादी नगरपालिका-६ का ५० बर्षीय डम्बर बहादुर कार्की सामान्य ।
२.    मादी नगरपालिका -४ उम्लिङकि २४ बर्षीया करिश्मा तामाङ सामान्य ।
३.    मादी नगरपालिका-६ का २२ बर्षीया  तुलसा कटुवाल सामान्य ।
४.    मादी नगरपालिका -४ का २४ बर्षीय सुवास तामाङ  सामान्य ।
५.    मादी नगरपालिका-५ कि २७ बर्षीया युका पोखरेल गम्भिर ।
मृतकः
१.    संखुवासभा मादी नगरपालिका -६ कि ३० बर्षीया सिता बि.क. ।
२.    मादी नगरपालिका -६ कि  ३२ बर्षीया अञ्जना कटुवाल ।
३.    मादी नगरपालिका-५ का ४९ बर्षीय भवानी प्र. दाहाल ।
४.    मादी नगरपालिका-२ का ४२ बर्षीय ईन्द्र अधिकारी ।
५.    मादी नगरपालिका-६ कि ५ बर्षीया दिक्षा कटवाल ।
६.    मादी नगरपालिका-४ का ६० बर्षीय बल बहादुर कार्की ।
७.    मादी नगरपालिका-४ कि २८ बर्षीया सबिता कार्की ।
८.    मादी नगरपालिका-५ का ४८ बर्षीय दिपक कुमार दाहाल
९.    मादी नगरपालिका-५ का ५५ बर्षीय श्याम शेर्पा ।
१०.    मादी नगरपालिका-४ का आईत बहादुर तामाङ ।
११.    मादी नगरपालिका-५ का उमेश भट्टराई ( सहचालक)
१२.    तेह्रथुम फाक्चामाराका ३१ बर्षीय विपिन निरौला (चालक)
१३.    ताप्लेजुङका ३१ बर्षीया समिक्षा योञ्जन ।
१४.     ताप्लेजुङका ८ बर्षीय सुदिप घिसिङ

सम्बन्धित समाचार
अवैध लागू औषध गाँजा सहित २ जना पक्राउ
२०८२-०७-२८

सुनसरीको इटहरी उप-महानगरपालिका-३ डाडागाँउ टोल स्थितबाट अवैध लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २८ गते लागू औषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी तालतलैयाबाट खटिएको प्रहरी टोलीले इहटरी-३ की कल्पना राईको घरमा रहेको प्रदेश १-०२-००३ ह ९०५५ नम्बरको सिटी सफारीमा गाँजा लोड गर्दै गरेको अवस्थामा कल्पना राई र भोजपुर रामप्रसादराई गाउँपालिका-७ घर भई सोही घरमा बस्दै आएका मनोज राईलाई फेला प्लास्टिको पोकामा रहेको ९८ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको  छ ।  

लागू औषध सहित १० जना पक्राउ
२०८२-०७-२८

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २७ गते मोरङको इलाका प्रहरी कार्यालय रंगेलीबाट रंगेली नगरपालिका-४ र ६ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका-५ का जिवन खड्का र रंगेली-४ का सतिस कुमारलाई ४ ग्राम ८० मिलिग्राम र कानेपोखरी गाउँपालिका- ५ का सलिन गुरुङ र कपिल जिमि याख्खालाई १ ग्राम ७९०मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यैगरी झापाको प्रहरी चौकी जलथलले हल्दीवारी गाउँपालिका-५ का सौरभ गुरुङ र  देवी प्रसाद गुरुङलाई ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय पकली सुनसरीले ईटहरी-१७ का जान मोहमद हुसेन, सादाब हसिन, मोरङ केराबारीका भुसण राई र अनिस मगरलाई २ किलो २०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०७-२७

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २६ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँज गर्ने क्रममा कमल गाउँपालिका-३ का प्रज्वल बाँनियालाई ३ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको धरान-६ बाट प्रहरी चौकी पानबारीले सोहि स्थानका रोशन राई र अभिषेक बिश्वकर्मालाई निषेधित औषधीट्रामाडोल २६१ क्याप्सुल र २८४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय दुहबीले बर्जु गाउँपालिका-३ का मुकेश कुमार चौधरीलाई १८ किलो ५९८ ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

अवैध गाँजा फडानी गरी नष्ट
२०८२-०७-२७

भोजपुर र धनकुटा जिल्लाको बिभिन्न स्थानमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा रोपिएका अवैध गाँजाको बोट तथा बिरुवाहरु फडानी गरी नष्ट गरेको छ । कार्तिक २६ गते भोजपुरको बिभिन्न स्थानमा इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुर र ,अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले करिव ९ रोपनी क्षेत्रफलमा लगाएका १ हजार १ सय गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको छ भने धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी पोष्ट मौनाबुधुकले चौबिसे गाँउपालिका-५ स्थित डाँडापाखाको २.५ रोपनी क्षेत्रफलमा रहेको ५ सय ४५ वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरी नष्ट गरेको छ ।