प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना १ जनाको मृत्यु ३ जना घाईते

२०८०-०८-१२

  • A
  • A-
  • A+
Share

झापाको गौरादह नगरपालिका- २ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आज दिउँसो १२ बजे गौरादह गौरीगंज सडक खण्डमा उतरबाट दक्षिणतर्फ जादै गरेको सिटिलाई सोही दिशातर्फ जादै गरेको पिकअप गाडीले ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका सिटि चालक स्थानीय ५२ बर्षीय रघुनाथ काफ्लेलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएकोमा उनको बाटोमै मृत्यु भएका हो । दुर्घटनामा परी घाईते भएका सिटीमा सवार गौरादह- ३ की ५५ बर्षीया रामा नेपाल र ४४ बर्षीया मेनुका भण्डारीको म्याडिम्याक्स अस्पताल गौरादहमा उपचार भई रहेको छ भने पिकअप चालक गौरीगंज - ८ का २६ बर्षीय राजेश महतोको दमक अस्पताल दमकमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय गौरदहले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

 

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।