प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

खाल्डोमा जमेको पानीमा डुबेर बृद्धाको मृत्यु

२०८०-०५-१३

  • A
  • A-
  • A+
Share

झापाको भद्रपुर नगरपालिका-१० केन्द्रमोड स्थित खाल्डोमा जमेको पानीमा डुबेर १ बृद्धाको मृत्यु भएको छ । आज बिहान स्थानीय ७३ बर्षीया शिव कुमारी ढकाल पानी जमेको खाल्डोमा डुबेर मृत अवस्थामा रहेको भन्ने सूचना पाएसंगै खटिएको प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान पश्चात शव परिक्षणको लागी प्रादेशिक अस्पताल पठाएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।