प्रतिबन्धित औषधी र लागुऔषध गाँजा सहित ६ जना पक्राउ
२०८२-०१-१४
- A
- A-
- A+
मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र लागुऔषध गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १३ गते मोरङको बिराटनगर-१६ स्थितमा इलाका प्रहरी कार्यालय रानी सिमाबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उप-महानगरपालिका-१३ का ३६ वर्षीय तीर्थ राईलाई प्रतिबन्धित औषधी AVIL, DIZEPAM, LUPIZESIC र PHENARAGAN गरी ४० एम्पुल सहित पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङलर उर्लाबारी-७ का २३ वर्षीय अभिषेक ओलीलाई Medidole- ६५ क्याप्सुल र Anargan- ६५ ट्याबलेट सहित पक्राउ गरेको छ । त्यस्तै सुनसरीको धरान-१६ बाट अस्थायी प्रहरी पोष्ट जोरसखुवाले सोही स्थानकी २३ वर्षीया सिमा राई र सन्ध्या थापालाई प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन गरी जम्मा १६० क्याप्सुल सहित पक्राउ गरेको छ भने झापाको बिर्तामोड नगरपालिका-४ का ३३ वर्षीय रवि दास र पाँचथर हिलिहाङ गाउँपालिका-१ घर भई हाल बिर्तामोड-३ स्थित डेरा गरी बस्दै आएका ३४ वर्षीय सन्तोष लिम्बुलाई ५८ ग्राम ५ मिलिग्राम गाँजा सहित प्रहरी चौकी बिर्ताबजारले नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।