लागुऔषध सहित २ जना पक्राउ
२०८१-०२-२८
- A
- A-
- A+
मोरङको विराटनगर महानगरपालिका १५ रानी स्थितबाट प्रतिबन्धी औषधी सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका ४ का २८ बर्षीय निरज राई र १९ बर्षीय विकास ऋषिदेव रहेका छन् । हिजो बेलुका साँढे ४ बजे लागुऔषध ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०१-००२ ह ३७५६ नम्बरको सिटी सफारीको चालकको सिट मुनि NITRAVET 10 लेखिएको- ५२ चक्की, PYRONIX SPAS लेखीएको-२४ चक्की फेला परे पश्चात सिटी चालक निरज र पछाडी सवार विकासलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।