प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

२०८०-०३-१९

  • A
  • A-
  • A+
Share

झापाको शिवसताक्षी नगरपालिका-९ झरना टोल स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका १० बजे स्थानीय झरना बि.क. ले आफ्नै घरबाट लागुऔषध बिक्रिबितरण गरीरहेको छ भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा लुकाईछिपाई राखेको अवस्थामा ३ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर फेला पारेसगै कमल गाउँपालिका-३ का २४ बर्षीय सन्ध्या राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।