प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु ३ जना घाईते

२०८०-०६-२४

  • A
  • A-
  • A+
Share

सुनसरीको ईटहरी उप-महानगपालिका- ३ भित्री सडक खण्ड स्थितमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएको छन् । हिजो बेलुका साढे ९ बजे उत्तरबाट दक्षिणतर्फ आउदै गरेको कोशी ३१ प. ६९४८ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट जादै गरेको कोशी २१ प. ६४३१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकलमा पछाडी सवार महालक्ष्मी नगरपालिका- ८ धनकुटाका २६ बर्षीय दिपक मिरिङचिङ मगरको उपचारको क्रममा घोपा धरानमा मृत्यु भएको हो । दुर्घटनामा परि घाईते भएका ईटहरी- ३ का ३० बर्षीय सागर तामाङको  सोहि अस्पतालमा उपचार भईरहेको छ भने अन्य घाईते मोरङ सुन्दरहरैचा- ९ का १८ बर्षीय साहिम थापा मगर र ईटहरी- ४ का २० बर्षीय स्नेहा सुब्वाको ईटहरी नितान्त किल्निकमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थी अधिकृतहरुको अवलोकन भ्रमण
२०८२-०८-१७

सैनिक कमाण्ड तथा स्टाफ कलेज काठमाण्डौका प्रशिक्षार्थी अधिकृतहरुले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अवलोकन भ्रमण गर्नु भएको छ । सैनिक कमाण्ड तथा स्टाफ कलेज काठमाण्डौमा सञ्चालन भईरहेको कमाण्ड तथा स्टाफ तालिममा तालिमरत शिक्षार्थी अधिकृतहरूलाई आन्तरिक अध्ययन भ्रमणको कार्यक्रम अनुसार  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर भ्रमणको क्रममा आउनु भएका प्रशिक्षार्थीहरुलाई प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले नागरिक सहायता कक्ष, प्रशासन शाखा, अपराध अनुसन्धान शाखा लगायत सम्पूर्ण शाखाहरुको भ्रमण अवलोकन गराउनु भएको थियो । अवलोकन भ्रमणको क्रममा प्रहरी उपरीक्षक तिम्सिनाले अधिकृत प्रशिक्षार्थीहरुलाई प्रहरीले सम्पादन गर्ने दैनिक काम कारवाही, अपराधको तथ्याङ्क, अपराध नियन्त्रणमा प्रहरी, फरार प्रतिवादी पक्राउ, लागू औषध नियन्त्रण, अन्य सुरक्षा निकायसंगको समन्वय र सहकार्य, जेन्जी आन्दोलन पश्चातका सुरक्षा चुनौती, आगामी निर्वाचनको सुरक्षा व्यवस्थापन लगायतका बिषयमा अवगत गराउनु भएको थियो भने प्रशिक्षार्थी अधिकृतहरुसंग छलफल तथा अन्तरक्रिया समेत गर्नु भएको थियो । अवलोकन भ्रमणको कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेल, सैनिक तथा स्टाफ कलेज काठमाण्डौका प्रमुख सेनानी सुवास चन्द्र महत लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय पाचँथरको निरीक्षण, आपसी भाईचारा र सहयोगी भावनाका साथ नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन
२०८२-०८-१७

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय पाचँथरको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर १७ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । वँहाले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपाल प्रहरी सदैव अग्रणी स्थानमा रहेर कार्य गर्दै आईरहेको बताउदै आपसी भाईचारा तथा सहयोगी भावनाको बिकाश गरी आचरण तथा व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न  प्रहरी कर्मचारीहरुलाई  निर्देशन दिनु भएको छ । जिल्लाका दुरदराजमा रहेका बस्तीहरुमा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ती परिचालन गर्न र चेतनाको कमीको कारण हुने घटना दुर्घटनालाई नियन्त्रण गर्न  सचेतनामुलक कार्यक्रमहरु प्रभावकारीरुपमा संचालन गर्न निर्देशन दिनुका साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउनको लागी आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराई समेतको उपस्थिती रहेको थियो ।

प्रतिबन्धित औषधी ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद
२०८२-०८-१७

मोरङको धनपालथान गाउँपालिका-१ गडेरीया स्थितबाट बेबारीसे अवस्थामा रहेको प्रतिबन्धित औषधी ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल प्रहरीले बरामद गरेको छ । मंसिर १६ गते बिशेष सूचनाको आधारमा प्रहरी चौकी गडेरीयाबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका-१ गडेरीया टोल स्थित बाँसको झ्याङमा २ वटा झोलामा बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित औषधि ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद गरेको हो । लागू औषध बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा  थप अनुसन्धान भईरहेको छ । चेकजाँचको क्रममा सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाले धरान-१३ स्थितबाट प्रतिवन्धित औषधी २७६ चक्की सहित १ जनालाई पक्राउ गरेको छ ।

लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-०८-१७

सुनसरीको इलाका प्रहरी कार्यालय पकली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले लागूऔषध ब्राउन सुगर ओसार पसारमा संलग्न रहेका ४ जनालाई १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम र २ जनालाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । मंसिर १६ गते दिउँसो सुनसरीको रामधुनी नगरपालिका-१ स्थितमा लागू औषधको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-५ का ३६ बर्षीय साहबुदिन आलम, इटहरी उप-महानगरपालिका-१८ का २० बर्षीय मोहमद साबिर, २४ बर्षीय रहमत अली र २४ बर्षीय मोहमद असलमलाई १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।  सोही दिन झापाको प्रहरी चौकी टाघनडुब्लाले  शिवसताक्षी नगरपालिका-६ का ओम नारायण राजबंशी र मनोज राजबंशीलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।