प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

२०८१-०५-०९

  • A
  • A-
  • A+
Share

इलाका प्रहरी कार्यालय रानी मोरङमा कार्यरत प्रहरी निरीक्षक प्रकाश थापालाई २०८१ साल साउन महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित गरीएको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक थापाले मोरङ जिल्ला कारागारमा रहेका कैदी बिरामी भएर कोशी अस्पताल विराटनगरमा उपचाररत रहेको अवस्थामा साउन १७ गते शौचालय जाने क्रममा भागेर फरार रहेको घट्नामा अहोरात्र खटि सूक्ष्म रुपमा सूचना सङ्कलन एवं खोजतलास गरी साउन २४ गते निज कैदीलाई मोरङको जहदा गाउँपालिका -१ तारेगामा स्थित नेपाल भारत सीमा नाका नजिकबाट फेला पारी नियन्त्रणमा लिन सफल भएको, लागू औषध ओसार पसारमा संलग्न २८ जना मानिस पक्राउ गर्न सफल भएको, अवैध रुपमा भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउदै गरेको १४ लाख ९ हजार ९ सय २० रुपैया बराबरको समान बरामद गर्न सफल भएको र विभिन्न मितिमा दुर्व्यसनी विरुद्ध आमाहरु कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका-१६ स्थित क्यान सामुदायिक भवनमा अन्दाजी ६५० जना लागूऔषध प्रयोगकर्ताहरुलाई लागूऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरी उत्कृष्ट कार्य सम्पादन गरेका थिए । प्रहरी कर्मचारीहरुको मनोवल उच्च राख्न कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले हरेक महिना प्रदेश भरीबाट उत्कृष्ट प्रहरी कर्मचारीको छनौट गरी पुरस्कृत गर्दै आईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ८ जना पक्राउ
२०८१-०५-२७

झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २६ गते रतुवामाईमाई नगरपालिका-१ र २ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले रतुवामाई-८ का २६ बर्षीय सुजन मोते र ३१ बर्षीय शिव कुमार लामिछानेलाई २ ग्राम ७५ मिलिग्राम ब्राउन सुगर, उर्लबारी नगरपालिका-५ का ३० बर्षीय गणेश तामाङलाई ३ ग्राम २१ मिलिग्राम ब्राउन सुगर र उदयपुर चौदण्डीगढी-३ का २३ बर्षीय पुरन राई र रतुवामाई-६ का २१ बर्षीय संगम सुन्दासलाई TRAMADOL, VOMINE, PROMETH र LYCITON समेत गरी ८ सय चक्की निषेधित औषधी सहित  पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय रानी (सिमा) को प्रहरी टोलीले बिराटनगर-१६ स्थितबाट धरान-१७ का ३९ बर्षीय राजकुमार श्रेष्टलाई निषेधित औषधी AVIL, DIAZEPAM, LUPIZSIC, PHENARAGAN समेत गरी १२ एम्पुल सहित नियन्त्रणमा लिएको छ । यसका साथै झापाको शिवसताक्षी नगरपालिका- २ का ३३ बर्षीय अर्जुन कुमार राई ४ ग्राम ९ सय मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय झिलझिलेले र मोरङको सुन्दरहरैचा-५ का २१ बर्षीय श्याम कार्कीलाई १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय लौकही सुनसरीले पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।    

मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा दम्पतीको मृत्यु
२०८१-०५-२७

मोरङको बुढिगंगा गाउँपालिका-५ स्थितमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत भागलपुरका ७५ बर्षीय कैलाश मण्डल र उनको श्रीमती ७२ बर्षीया कुमा देबी मण्डल रहेका छन । भदौ २६ गते बिहान बुढिगंगा-५ स्थितमा कोठा भाडामा लिई  खेतीपाती गर्दै आएका दम्पत्तीले खेतमा पानी लगाउन मोटर जडान गरी ट्युवेल चलाउने क्रममा बिधुत सर्ट भइ करेन्ट लाग्दा दुबै जनाको घट्नास्थलमानै मृत्यु भएको हो । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय  मोरङबाट प्रहरी टोली खटि आवश्यक कानुनी प्रकृया गरी लाश पोष्टमार्टमको लागी कोशी अस्पताल पठाएको छ भने घटना सम्वन्धमा अन्य थप अनुसन्धान गरीरहेको छ ।

लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित १ जना पक्राउ
२०८१-०५-२६

लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित १ जना पक्राउ धनकुटा, भदौ २६ गते । धनकुटाको सहिदभुमी गाँउपालिका- ४ खोकु स्थितबाट लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २६ गते राती प्रहरी चौकी आखिँसल्लाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले को.१ च ९२९० नम्बरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा उक्त पिकअपमा २५ वटा बोरामा २८७ किलोग्राम गाँजा बरामद गरेको थियो । लागुऔध गाँजा बरामद भए संगै ओसार पोसारमा संलग्न पिकअप र चालक सहिदभुमी-४ का २५ बर्षीय मेघराज राईलाई समेतलालई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध सहित २ जना पक्राउ
२०८१-०५-२५

लागुऔषध सहित २ जना पक्राउविराटनगर, भदौ २५ गते । मोरङको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते साँझ ६ बजे पथरी शनिश्चरे नगरपालिका-७ का २८ बर्षीय ललित गुरुङ्ले आफ्नै घरमा लागुऔषध बेचबिखान गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा घर भित्र लुकाईछिपाई राखेको अवस्थामा ३ ग्राम ३ सय ५० मिलीग्राम ब्राउन सुगर फेला पारी उनलाई नियन्त्रणमा लिएको हो भने CRV बाँसबारी मोरङबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका-७ का २० बर्षीय रुपेश चौधरीलाई नियन्त्रित औषधी एभिल, डाइजेपाम र फेनारगन १७ एम्पुल सहित बुढिगंगा गाउँपालिका-२ गंगा चोकबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित २ जना पक्राउ
२०८१-०५-२४

झापा र मोरङबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते साँझ साढे ६ बजे झापाको झापा गाउँपालिका- ४ ग्रामथान स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले प्र. १ -०१-०१७ प १७९८ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकल चालक शिवसताक्षी गाउँपालिका- ३ का २१ बर्षीय थरेन्द्र गुरुङको साथबाट २ ग्राम ५९ मिलीग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय डोरिया मोरङबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-४ का २३ बर्षीय सुरज धिमाललाई प्रतिबन्धित औषधी नाईट्राभेट ४ सय २० पिस सहित रतुवामाई नगरपालिका- २ बाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ गरेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।