अवैध सामान बरामद
२०८०-११-१२
- A
- A-
- A+
झापा र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट भन्सार छली गरी नेपाल भित्राउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । सिमावर्ती क्षेत्रमा प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको बिभिन्न प्रकारको रेडिमेट कपडा, कुर्ता सुरुवाल, सुर्ती, फुटबल सुज र खाद्यान्न लगायतका सामानहरु बरामद गरेको हो । बरामद गरिएका करिव ४ लाख २१ हजार रुपैया बराबरको सामान आवश्यक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयहरुमा बुझाईएको छ ।