लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८०-१२-१४
- A
- A-
- A+
झापाको बुद्धशान्ति गाउँपालिका-१ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले स्थानीय ३४ बर्षीय श्याम सुन्दर ठाकुर र ३२ बर्षीय अजय तिवारीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर वरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भईरहेको छ ।