प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित ७ जना पक्राउ

२०८१-०२-२९

  • A
  • A-
  • A+
Share

झापा, मोरङ, धनकुटा र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको मेचिनगर नगरपालिका- ६ स्थित लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड- ५ का ३८ बर्षीय सुमन भन्ने सुर्यबंशी रायलाई २ ग्राम ५३ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने अर्जुनधारा नगरपालिका- ३ का ३७ बर्षीय दिलबहादुर विश्वकर्मालाई अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले १ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । त्यसैगरी कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT बाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका- १५ बाट सुनसरी रामधुनी- ७ का २० बर्षीय अरबिन चौधरी र ईटहरी- १६ का २० बर्षीय प्रबिण चौधरीलाई NITRAVET १५० चक्की नियन्त्रित औषधी सहित पक्राउ गरिएको छ । त्यस्तै धनकुटाको सहिदभुमि गाँउपालिका- ४ स्थितमा प्रहरी चौकी आखिसल्ला धनकुटाबाट खटिएको प्रहरी टोलीले ३० बर्षीय सुकदेब राईलाई लागुऔषध गाँजा ५०० ग्राम, ट्रामाडोल, ANTIKOS, DECOLIC, SPASPAIN र SPASMO गरि जम्मा ३७० ट्याबलेट नियन्त्रित औषधी सहित पक्राउ गरिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरगढि- ७ स्थितबाट ६७ के.जी. २२ ग्राम गाँजा सहित स्थानीय ६० बर्षीय लाल बहादुर तामाङ र उदयपुरगढि- ८ का ५२ बर्षीय दिल बहादुर तामाङलाई नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसम्धान भईरहेको छ ।





सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।