प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी चौकी सोरुङछविसेको नव निर्मित भवनको समुदघाटन

२०८०-१२-३०

  • A
  • A-
  • A+
Share

उदपुरको  कटारी नगरपालिका-१० स्थितमा रहेको प्रहरी चौकी सोरुङछविसेको नव निर्मित भवनको समुदघाटन भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यता तथा कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठको अध्यक्षतामा नव निर्मित प्रहरी चौकीको समुदघाटन भएको हो ।

नवनिर्मित भवनहरुको उद्घाटन तथा निरिक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले नयाँ भवनको निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्णमा धन्यवाद दिनुका साथै नयाँ भवनबाट पाउने प्रहरी सेवाको आशा जनतामा पनि बढ्ने भएकोले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरीयतालाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । २४ सै घण्टा ड्युटीमा खटिनु पर्ने प्रहरी कर्मचारीहरुलाई नयाँ भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोस र उर्जाका साथ प्रहरी काम कारवाहीलाई अगाडि बढाउन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । साथै सुरक्षा, जनता र प्रहरीको संयुक्त जिम्मेवारी भएकाले अपराध नियन्त्रण कार्यमा प्रहरीलाई सहयोग गर्न सबैमा अनुरोध समेत गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि खापुङले भवन निर्माण कार्यमा उल्लेखनिय योगदान पुर्याउने महानुभावहरुलाई प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो । उक्त प्रहरी चौकी कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको १ करोड ६४ लाख ७३ हजार रुपैयाको लागतमा शहरी विकाश तथा भवन निर्माण कार्यालयले निर्माण सम्पन्न गरेको थियो ।

उदघाटन कार्यक्रममा उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु तथा प्रहरी अधिकृतहरु, स्थानिय जनप्रतिनिधिहरु, बिभिन्न कार्यालय, संघ संस्थाका प्रमुख, स्थानिय समाजसेवी, बुद्धिजिवि तथा स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर परिसरमा नव निर्मित वाधापारको समुदघाटन
२०८१-०१-१९

कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको परिसरमा नव निर्मित वाधापारको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले समुदघाटन गर्नु भएको छ । आज बिहान तालिम केन्द्र परिरमा भएको एक कार्यक्रमका विच प्रदेश प्रहरी प्रमुख खापुङले नव निर्मित वाधापारको समुदघाटन गर्नुका साथै वाधापारको निरीक्षण तथा प्रहरी कर्मचारीहरुद्वारा गरिएका वाधापारको नमुना प्रदर्शनीको समेत अवलोकन गर्नु भएको थियो । वाधापारको निरीक्षण अवलोकन पश्चात कार्यक्रमलाई सम्वोधन गर्नु हुदै प्रदेश प्रहरी प्रमुख खापुङले स्थापनाकाल देखिनै दक्ष प्रहरी जनशक्ति उत्पादन गर्दै आएको यस प्रहरी तालिम केन्द्रले प्रशिक्षण पद्दतिलाई समयानुकुल व्यवस्थित र  बैज्ञानिक ढंगबाट प्रशिक्षण  प्रदान गर्नमा नव निर्मित वाधापारले थप टेवा पुग्ने बिश्वास व्यक्त गर्नु भयो । वहाँले वाधपार अभ्यास तालिमा सहभागी प्रहरी कर्मचारीलाई मात्र नभई सम्पुर्ण प्रहरी कर्मचारीहरु समेतले उक्त अभ्यास दैनिकरुपमा गर्नु पर्ने बताउनु भयो । तालिम केन्द्रेको आफ्नै आन्तरिक सिमित स्रोत साधन र जनशक्तिबाट बाधापार निर्माण गर्न उल्लेख्य योगदान पुर्‍याउनु हुने समादेशक लगायत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई विशेष धन्यवाद समेत ब्यक्त गर्नु भयो । वहाँले यस तालिम केन्द्रले प्रशिक्षण पद्धतिलाई आधुनिक, व्यवस्थित तथा उपलब्धिमुलक बनाई  नयाँ चुनौतीसँग सामना गर्न सक्षम, व्यावसायिक एवं कर्तव्यनिष्ठ प्रहरी जनशक्तिको उत्पादनमा निरन्तर अगाडि बढिरन र देशकै नमुना तालिम केन्द्रकोरुपमा सदैव स्थापित राख्न कार्यरत प्रशिक्षक लगायत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।  उक्त कार्यक्रममा तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीले प्रमुख अतिथि लगायत कार्यक्रममा उपस्थित सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुका साथै नेपाल प्रहरीको वाधापार अभ्यास सम्वन्धि मापदण्ड २०७८ र नेपाल प्रहरीको तालिम संचालन कार्यादेश २०७९ अनुसार वाधापार निर्माण गरिएको बताउनु भयो । साथै वाहाँले बाधापार अभ्यासले प्रहरी कर्मचारीहरुको शारिरिक र मानसिक स्वास्थ्य सुदृढ हुनुका साथै कार्य क्षमता अभिबृद्धि भई प्रहरीको कार्य सम्पादनमा प्रभावकारीता आउने वताउनु भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि खापुङले वाधापार संरचना निर्माण कार्यमा उल्लेखनिय योगदान पुर्‍याउनु हुने प्रहरी कर्मचारीहरुलाई प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु १२ घाईते
२०८१-०१-१८

भोजपुरको आमचोक गाउँपालिका- ८ पारकवा स्थितमा बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने १२ जना घाईते भएका छन् । हिजो दिउँसो साढे १० बजे को.१ ज २६१७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई बाटो देखि अन्दाजि २०० मिटर तल खसी दुर्घटना भएको थियो । दुर्घटनामा परी गाडीमा सवार आमचोक- १० की २७ बर्षीय रुना राईको घटनास्थलमा नै मृत्यू भएको हो भने धरान- ५ की ३६ बर्षीय शान्ति राईको उपचारको क्रममा सोही दिन घोपा धरानमा मृत्यू भएको हो । दुर्घटनामा घाईते भएका चालक आमचोक- १ का ३६ बर्षीय प्रकाश राई, ३० बर्षीय सुमन राई, ६० बर्षीय बिर बहादुर राई, ३३ बर्षीया श्रृजना राई, ३१ बर्षीया सरस्वती राई, १३ बर्षीय साईमन राई, ५ बर्षीय सायल राई, ६ महिनाको अनर्प राई, ५ बर्षीय खानुहाङ राई,  १३ बर्षीया लिजा राई, ९ बर्षीया आशिका राई र ५ बर्षीया सृष्टी राईको घोपा धरानमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।              

अबैध लागुऔषध सहित ४ जना प्रहरीको नियन्त्रणमा
२०८१-०१-१७

सुनसरी र खोटाङको २ स्थानबाट अबैध लागुऔषध सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ सवा ५ बजे सुनसरीको कोशी पुल स्थितमा इलाका प्रहरी कार्यालय चतराबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले चतराबाट उदयपुरतर्फ जाँदै को ३२ प ७६२१ नम्बरको मोटरसाईकललाई रोकेर  चेकजाँच गर्दा ट्रामाडोल २४० पिस, स्पाइस २० पिस , डिकोलिक २०० पिस सहित मोटरसाईकल चालक उदयपुरको चौदण्डी नगरपालिका-३ का ३५ बर्षिय सुजिल राई र पछाडी सवार उदयपुरको बेलका नगरपालिका-५ का  २८ बर्षिय मिलन राईलाई नियन्त्रणमा लिएको थियो ।यसैगरी हिजो मध्यान्न ४ बजे इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले खोटाङबजार स्थित दिक्तेल सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको बाग्मती ८६ प. ८८४० नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा मोटरसाईकल चालक खोटाङको खोटेहाङ गाउँपालिका-७ का २८ बर्षिय विपक राई र २७ बर्षिय मदन विश्वकर्मालाई  स्पासरेस्ट २५६ ट्याबलेट, ट्रामा  हाईट्रो कोलोरी २४६ ट्याबलेट र  लागुऔषध गाँजा २५० ग्राम सहित नियन्त्रणमा लिईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सौतेनी आमाको हत्या आरोपमा छोरा पक्राउ
२०८१-०१-१७

इलामको माई नगरपालिका-२ दिपु डाँडा स्थितमा सौतेनी आमाको हत्या आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती ११ बजे मादक पदार्थ सेवन गरेर घर आएका २१ बर्षिय सन्देश दियालीले घरायसी बिबादको क्रममा आफ्नै सौतेनी आमा ३१ बर्षिया नेत्र माया खवासलाई धारीलो हतियार बाम्फोकले शरीरको बिभिन्न भागमा प्रहार गर्दा खवासको दाहिने हात पुर्ण रुपमा छिनेको थियो भने टाउकोमा समेतमा गम्भिर चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी चौकी दानबारीबाट घटनास्थलमा खटिएको टोलीले हत्यामा संलग्न दियालीलाई धारीलो हतियार सहित नियन्त्रणमा लिएको थियो भने अन्य थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

बिदेशी नागरीकको मृत्यु
२०८१-०१-१७

सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका- ४ सनासा स्थितमा एक जना बिदेशी नागरीकको मृत्यु भएको छ । राहदानी नम्बर  X2744600 भएकी ३६ वर्षिया MARISTARITA SINAGA नाम गरेकी ईन्डोनेसियन महिला सगरमाथा बेस क्याम्प जाने क्रममा गत १५ गते होटलमा आई बसेकोमा १६ गते गते बिहान होटलमा अचेत अवस्थामा फेला परेकी थिईन् । घटनाबारेमा जानकारी पाउनसाथ तत्काल खटिएको प्रहरी टोलीले उनलाई उपचारको लागी होमगिल सामुदायिक अस्पताल नाम्चे लगेकोमा उपचारको क्रममा हिजो दिउँसो मृत्यु भएको थियो । घटनाबारेमा थप अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

दर्ज्यानी चिन्हद्वारा सुशोभन
२०८१-०१-१७

नेपाल प्रहरी प्रधान कार्यालय नक्शाल, काठमाण्डौ मानवश्रोत बिकास बिभागको पत्रादेशले प्रहरी हवल्दार पदबाट प्रहरी बरिष्ठ हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको छ । आज दिउसो एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले पदोन्नती भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नु भएको हो । दर्ज्यानी चिन्हले सुशोभित कार्यक्रममा बोल्नु हुँदै प्रदेश प्रहरी प्रमुख खापुङले पदोन्नतीसंगै पदीय जिम्मेवारी पनि थपिएको हुँदा अझ बढी लगनशील भएर कर्तव्य पालना गर्न निर्देशन दिनु भयो । उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।