प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

धन्यवाद तथा शुभकामना ज्ञापन कार्यक्रम सम्पन्न

२०८०-०५-१८

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय मातहत कार्यरत रही तालुक नेपाल प्रहरी प्रधान कार्यालयको आदेशानुसार सरुवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक तथा प्रहरी नायव उपरीक्षकहरुलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले Virtual माध्यमद्वारा धन्यवाद तथा शुभकामना दिनु भएको छ । यस प्रदेश मातहत कार्यरत रहँदा आफ्नो कार्यक्षेत्रको समग्र शान्ति सु-व्यवस्था तथा अपराध रोकथाम नियन्त्रण लगाएत प्रहरी कार्यसंग सम्बन्धित पक्षमा नेपालको संविधान, ऐन नियम, नेपाल प्रहरीको बार्षिक कार्य योजना तथा कार्य सम्पादन सम्झौताको अधिनमा रही ईमान्दारीता र उच्च व्यवसायीक चरित्र सहित कार्य सम्पादन गरी सरुवा भई जान लाग्नु भएकोमा वाँहाहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको हो । यसका साथै वहाँले आगामी दिनहरुमा व्यवसायीक तथा पारिवारीक जिवन सुखमय र सफल रहोस भन्ने सुभेच्छा समेत व्यक्त गर्नु भयो ।

सम्बन्धित समाचार
प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०८१-०८-२८

सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २७ गते राती इलाका प्रहरी कार्यालय देवानगंज र अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट खटिएको प्रहरी टोलीले देवानगंज गाउँपालिका-१ स्थितबाट स्थानीय २१ बर्षीय अजय कुमार मण्डललाई Gpp नामक प्रतिबन्धित औषधी १५ हजार ट्याबेल्ट फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले औषधी ट्रामाडोल ६९ क्याप्सुल र स्पासरेष्ट ४८ ट्याब्लेट सहित ३५ बर्षीय निपेन श्रेष्ठ र २० बर्षीय देवराज धामीलाई धरान-८ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।    

स्रोत नखुलेको नगद सहित १ जना पक्राउ
२०८१-०८-२८

झापाको कमल गाँउपालिका-३ केर्खा चोकबाट स्रोत नखुलेको नगद सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २७ गते दिउँसो प्रहरी चौकी केर्खाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले दमकबाट बिर्तामोड तर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ९५३० नम्बरको यात्रुबाहक बसका यात्रु गौरादह नगरपालिका-५ का २५ बर्षीय मोहम्द नौसाद मियाको साथबाट स्रोत नखुलेको अमेरिकन डलर १०० दरका २९७ थान (२९ हजार ७ सय), भारतीय रुपैँया १ हजार ५ सय ९०, नेपाली रुपैँया १ सय ६५ र मोवाईल १ थान बरामद गरे सगै उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०८-२७

झापा, मोरङ, पाँचथर र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २५ राती झापाको भद्रपुर नगरपालिका-५ स्थितमा मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले पैदल यात्री नुवाकोट बिदुर नगरपालिका-१० का २६ बर्षीय बिकाश घिमिरेलाई लागुऔषध ब्राउन सुगर १४ ग्राम १३० मिलिग्राम र चरेस १ ग्राम ५७० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर-१५ बाट १ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित सुन्दरहरैचा नगरपालिका-६ का १९ बर्षीय अरुण मण्डललाई पक्राउ गरेको हो । पाँचथरको फिदिम नगरपालिका-२ स्थितमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले १२० मिलिग्राम ब्राउन सुगर सहित फिदिमका ३५ बर्षीय चन्द्र तुम्बापो, १७ बर्षीय तिर्थ तुम्बापो, ३५ बर्षीय योगेश थाम्सुहाङ र ३० बर्षीय एल्बिस नेम्वाङलाई नियन्त्रणमा लिएको हो भने सुनसरी धरान-११ का २५ बर्षीय करण मगरलाई नियन्त्रित औषधी ट्रामाडोल ६० क्याप्सुल र स्पासपेन ४० ट्याब्लेट सहित अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।