प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ८ जना पक्राउ
२०८१-०२-०९
- A
- A-
- A+
झापा जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट लागुऔषध नियन्त्रणमा खटिएको प्रहरी टोलीले झापाको बिभिन्न स्थानहरुबाट ६७ ग्राम १६० मिलिग्राम ब्राउन सुगर सहित ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका-५ मोरङका २६ बर्षिय समिर मग, उर्लाबारी नगरपालिका-२ का २७ बर्षिय सुजन कार्की, कचनकवल गाउँपालिका-४ की ३६ बर्षीया अलिशा शेख मिया, शिवताक्षी नगरपालिका-१ का ३० बर्षीय शिसिर सुब्बा, २९ बर्षीय सन्जय सुब्बा र गौरदह नगरपालिका-९ का ३२ बर्षीय नबिन बस्नेत रहेका छन् । ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।