प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु १२ घाईते

२०८१-०१-१८

  • A
  • A-
  • A+
Share

भोजपुरको आमचोक गाउँपालिका- ८ पारकवा स्थितमा बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने १२ जना घाईते भएका छन् । हिजो दिउँसो साढे १० बजे को.१ ज २६१७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई बाटो देखि अन्दाजि २०० मिटर तल खसी दुर्घटना भएको थियो । दुर्घटनामा परी गाडीमा सवार आमचोक- १० की २७ बर्षीय रुना राईको घटनास्थलमा नै मृत्यू भएको हो भने धरान- ५ की ३६ बर्षीय शान्ति राईको उपचारको क्रममा सोही दिन घोपा धरानमा मृत्यू भएको हो । दुर्घटनामा घाईते भएका चालक आमचोक- १ का ३६ बर्षीय प्रकाश राई, ३० बर्षीय सुमन राई, ६० बर्षीय बिर बहादुर राई, ३३ बर्षीया श्रृजना राई, ३१ बर्षीया सरस्वती राई, १३ बर्षीय साईमन राई, ५ बर्षीय सायल राई, ६ महिनाको अनर्प राई, ५ बर्षीय खानुहाङ राई,  १३ बर्षीया लिजा राई, ९ बर्षीया आशिका राई र ५ बर्षीया सृष्टी राईको घोपा धरानमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।              

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।