प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना २ जनाको मृत्यु

२०७९-०३-२८

  • A
  • A-
  • A+
Share

मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमवार राती साँढे ८ बजेको समयमा मोरङको बिराटनगर महानगरपालिका-१४ मा ना ६ ख १८३४ नम्बरको ट्याङकरले साईकलमा बाटो क्रश गर्दे गरेका बिराटनगर-१३ का ५५ बर्षीय बिजय बानियालाई ठक्कर दिंदा घाईते भएका बानियाको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यसैगरी झापाको बुद्धशान्ति गाउँपालिका-४ मेची हाईवेमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ च २०६३ नम्बरको पिकअपले सोही दिशा तर्फ जाँदै गरेको मे १ ह ४६४४ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिंदा घाईते भएका अटो चालक बुद्धशान्ति गाउँपालिका-७ का ४१ बर्षीय भानु खड्काको उपचारको क्रममा झापाको बि.एण्ड.सी. अस्पतालमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ ।  

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।