प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी निरीक्षकद्धय बबिन्द्र नेम्बाङ र अर्जुन अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित

२०७९-०५-०७

  • A
  • A-
  • A+
Share

१ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा कार्यरत प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् ।


प्रहरी निरीक्षक नेम्बाङले बुढिगंगा गाउँपालिका-१ बस्ने दिपेन यादबको १ बर्षीया छोरी निकिशा यादवलाई विराटनगर महानगरपालिका - १२ रोडषेश चोकबाट अनु साह नाम गरेकी महिलाले अपहरण गरी लगेको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान गरी निज बालिकालाई भारतको दरभंगाबाट सकुशल उद्धार गर्नुका साथै घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको तथा प्रहरी निरीक्षक अधिकारीले भोजपुर नगरपालिका ‍- ६ देउराली नजिकै ओडारे भन्ने स्थानमा भोजपुर नगरपालिका- ८ पोखरेका ६० बर्षीय सूर्य बहादुर खत्रीलाई अज्ञात व्यक्तिले हत्या गरेको घटनाको अनुसन्धान गरी हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन सफल भएकोले निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले २०७९ साल श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरेको हो ।


प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय "क" स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

सम्बन्धित समाचार
बिधुतको पोलले किची १ जनाको मृत्यु
२०७९-१२-१४

सोलुको महाकुलुङ गाउँपालिका-१ स्थितमा बिजुलीको पोलले किचेर एक जनाको मृत्यु भएको छ । हिजो बिहान गौरीशंखर हाईड्रोपावरका कर्मचारी सोताङ गाउँपालिका-३ का ३५ बर्षीय टीकाराम राई बिजुलीको पोलमा चढी तार काट्ने क्रममा बिजुलीको पोल ढलेर किच्दा राईको घटना स्थलमा नै मृत्यु भएको हो । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी निरीक्षक समेतको टोली खटि गई कानुनि प्रकृया पुरा गरी प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा पोष्टमार्टम पश्चात शव आफन्तलाई जिम्मा बुझाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।

निमित्त कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन
२०७९-१२-१४

निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा निर्देशन दिनु भएको छ । आजै वहाले कार्यभार सम्हाले पश्चात कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा निर्देशन दिनु भएको हो । निर्देशनको क्रममा वहाले अपराध अनुसन्धान तथा नियन्त्रण, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, लागुऔषध, चोरी तस्करी नियन्त्रण, सिमावर्ति अपराध नियन्त्रणमा चुस्त दुरुस्तरुपमा खटिई बर्तमान चुनौती र समस्याहरुको समाधान गरी समाजमा शान्ति सुरक्षा कायम राख्न निर्देशन दिनु भएको छ ।

भरुवा बन्दुकको प्रहारबाट १ जनाको मृत्यु
२०७९-१२-१४

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-३ का ५८ बर्षीय ललित गुरुङको भरुवा बन्दुकको प्रहारबाट मृत्यु भएको छ । सोमवार राती १० बजेको समयमा ललित गुरुङ र ५२ बर्षीय बिर बहादुर गुरुङ स्थानीय कालिदह जंगलमा भरुवा बन्दुक बोकेर शिकार खेल्न गएकोमा रातको समयमा जंगली जनावर जस्तो देखि बिर बहादुर गुरुङले भरुवा बन्दुक चलाउदा ललित गुरुङलाई लागेको र गुरुङको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी हाङपाङबाट खटिएको प्रहरी टोलीले  भरुवा बन्दुक सहित बिर बहादुरलाई नियन्त्रणमा लिएको तथा ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोलीले खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।  

लागुऔषध गाँजा सहित ५ जना पक्राउ
२०७९-१२-१४

मोरङको रंगेली नगरपालिका-२ र ३ स्थितबाट ठुलो परिमाणमा लागुऔषध गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया ठिङ्गापुरका २९ बर्षीय दिपक झा, अररिया हाँसा का ३० बर्षीय  सिन्टुक कुमार सिंह, भारत कुटहराका २४ बर्षीय प्रबिण पासवान, २४ बर्षीय बिष्णु कान्त मिश्र र रंगेली-३ का ४६ बर्षीय बिर बहादुर कार्की रहेका छन । हिजो दिउँसो इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाहिबरियातीबाट गस्तिमा खटिएको प्रहरी टोलीले रंगेली-२ स्थितमा संकास्पद अवस्थामा हिडिरहेका झा र सिंहले बोकेको झोला चेक जाँच गर्ने क्रममा  १ सय ५० किलोग्राम गाँजा बरामद भए संगै उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई अनुसन्धान गर्ने क्रममा रंगेली-३ का बिर बहादुर कार्कीको घर पछाडि परालमा लुकाई छिपाई राखेको अवस्थामा ८४  किलो ग्राम गाँजा बरामद भए संगै संलग्न रहेका कार्की, पासवान र मिश्रलाई समेत पक्राउ गरेको हो । लागुऔषध गाँजा सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।