सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०७९-१२-०४
- A
- A-
- A+
उदयपुरको कटारी नगरपालिका-४ स्थित मदन भण्डारी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो बा.५ ख ४६५३ नम्वरको टिफरले प्रदेश २-०१-०१९प ३९१५ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक धनपालथान गाउँपालिका-७ मोरङका २१ बर्षीय सुधिर कुमार मण्डललाई उपचारको लागि कटारी अस्पताल लगिएकोमा उनको अस्पतालमा पुर्याउना साथ मृत्यु भएको हो । ठक्कर दिने टिफर र चालक कटरी-४ का उमेश सदालाई इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।