प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०७८-०७-२९

  • A
  • A-
  • A+
Share

झापाको शिबसताक्षी नगरपालिका १० माइधार चौक नजिक भित्रीसडक खण्डमा स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७२ बर्षीया ललिता कट्वाल रहेकी छन् ।

आज बिहान सँवा ११ बजे दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १ च ७४१६ नम्बरको स्कारपियोले पैदल यात्री कट्वाललाई ठक्कर दिंदा उनको घटनास्थालमानै मृत्यु भएको छ । स्कारपियो र चालक ईलाम देउमाइ नगरपालिका ३ का ३२ बर्षीय पुर्ण खतिवडा अस्थाई प्रहरी पोष्ट माईधारको नियन्त्रणमा रहेको छ । मृतकको कानुनि प्रकृया पुरा पोष्टमार्टमको लागी दमक अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०४-१०

उदयपुर, झापा र सुनसरीबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०९ गते झापाको कचनकवल गाउँपालिका- ४ स्थितमा लागू औषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री भारत विहार किशनगंजका २५ बर्षीय सोहेल, निजकै श्रीमती २९ बर्षीया तबसुम आरा र २४ बर्षीय कचालु अन्सारीलाई फेला पारी चेकजाँच गर्दा तबसुम आराको साथबाट ब्राउन सुगर ५८ ग्राम ४ सय मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिक- ९ बाट जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा- १० का २३ बर्षीय सुजन राउतलाई प्रतिबन्धित लागू औषध ४ एम्पुल सहित र इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीले देवानगंज- ३ बाट ६० किलोग्राम गाँजा बरामद गरेको हो । लागू औषध र पक्राउ परेका चारै जनाको थप अनुसन्धान भइरहेको छ ।

हार्दिक बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
२०८२-०४-०९

तालुक नेपाल प्रहरी प्रधान कार्यालयको मिति २०८२ साउन ५ गतेको पत्रद्वारा जनपद समुह तर्फ प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिस सूचीमा पर्नु भएका प्रहरी निरीक्षक शेखर जंग मल्ललाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख कार्कीले बिदाई भई जान लाग्नु भएका प्रहरी निरीक्षक शेखर जंग मल्ललाई यस कार्यालयमा रहदा बस्दा पुर्‍याउनु भएको योग्दानको उच्च प्रशंसा गर्नुका साथै थप जिम्मेवारी प्राप्त भए सगै आगामी कार्यकालको शुभकामाना व्यक्त गर्नु भएको छ । कार्यक्रममा बिदाई भई जान लाग्नु भएका प्रहरी निरीक्षक शेखर जंग मल्लले आफ्नो अनुभव सहितको मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

फैसला कार्यान्वयनमा कोशी प्रदेश प्रहरीको सक्रियता आर्थिक बर्ष २०८१/०८२ मा ३ हजार ५ सय १३ जना फरार प्रतिवादी पक्राउ ।
२०८२-०४-०९

अपराध गर्ने छुट कसैलाई छैन, अपराध गरेर लुकेर, भागेर धर पाईदैन, ढिलो होस या चाँडो जसरी जहिले भएपनि प्रहरीले अपराध गर्ने व्यक्तिलाई पक्राउ गरेरै छाड्छ भन्ने विश्वास कोशी प्रदेश प्रहरीले आम नागरिकहरुलाई दिलाउदै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कानूनी राज्यको स्थापना  गर्न र न्याय प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले फरार रहेका प्रतिवादीहरूलाई नियन्त्रणमा लिन विशेष अभियान सञ्चालन गर्दै आईरहेकोमा विगत केही महिनादेखि विशेष रणनीति, सूचना प्रविधिको प्रयोग र समुदायसंगको समन्वय र सहकार्य मार्फत उल्लेखनीय सफलता हाँसिल गरेको छ । अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका र लामो समयदेखि फरार रहदै आएका अभियुक्तहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन  तथा कानून र फैसलालाई जीवन्तता प्रदान गरी न्यायलाई साकार बनाउन यो अभियानलाई तीव्रता दिदै आईरहेको छ । अदालतबाट कैद तथा जिरवाना तोकिएका व्यक्तिहरु समाजमा रहदा बस्दा शान्ति सुरक्षामा चुनौती आउने, अपराध गरेपछि पनि समाजमा खुलेआम हिडडुल गर्दा समाजमा नकारात्मक असर पर्ने र अपराधीको मनोवल बढेर थप अपराध गर्न उत्तेजित हुने हुँदा फरार प्रतिवादीलाई कानूनी दायरामा ल्याउन निरन्तर लागिरहेको कोशी प्रदेश प्रहरीले सक्रियताका साथ प्रहरी परिचालन गरी फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिँदा दिने क्रममा यस आर्थिक वर्षको असार मसान्त सम्ममा जिल्ला प्रहरी कार्यालय मोरङले ११५६ जना, सुनसरीले १००२ जना, झापाले ५३४ जना, इलामले १४६ जना, पाँचथरले ४२ जना, ताप्लेजुङले ४८ जना, धनकुटाले ५७  जना, तेह्रथुमले ४५ जना, भोजपुरले ४४ जना, संखुवासभाले २८ जना, उदयपुरले २६० जना, ओखलढुंगाले ६९ जना, सोलुखुम्वुले १४ जना,  खोटाङले ५३ जना र प्रादेशिक अनुन्धान समुहले १५ जना समेत गरी जम्मा  ३५१३ जना लाई पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुबाट  जम्मा १ हजार ४ सय १६ बर्ष भन्दा बढी कैद सजाय तथा  जरिवाना बापत १४ करोड ७७ लाख भन्दा बढी राजश्व संकलन भएको छ । फरार प्रतिवादी पक्राउ अभियानमा नागरिकको साथ र सहयोग अपरिहार्य भएको हुँदा गाँउ, घर, छिमेकमा लुकी छिपी बस्दै आएका फरार व्यक्तिहरुको बारेमा नजिकको प्रहरीलाई सूचना उपलव्ध गराई सहयोग गरी दिन हुन सम्पुर्ण महानुभावहरुमा कोशी प्रदेश प्रहरी बिनम्र अनुरोध गर्दछ । प्रहरीलाई सूचना उपलव्ध गराउनु हुने व्यक्तिको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने समेत याँहाहरुलाई विश्वास दिलाईन्छ । तपाईहरु प्रहरीलाई सुचना दिनुहोस प्रहरी तपाईहरुलाई सुरक्षा दिन्छ ।  

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-०९

मोरङ र सुनसरीबाट साउन ०८ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका- ४ बसपार्क स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को .१ ह ८९८८ नम्बरको अटोमा सवार धरान-६ का एक बालको साथबाट ३ ग्राम ८६ मिलिग्राम  ब्राउन सुगर फेला पारे संगै २४ बर्षीय युवराज लिम्बु र अटो चालक धरान- ८ का २८ बर्षीय निलन लिम्बुलाई नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय धरानले धरान-१४ का ५२ बर्षीय कुमार बस्नेतलाई स्पास्मो प्रोक्सिवन ५ सय ७६ ट्याबलेट सहित उनकै कोठाबाट नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय उर्लावारी मोरङले रतुवामाई नगरपालिका-६ का २९ बर्षीय मनोज कार्कीलाई ३ सय ८० मिलिग्राम ब्राउन सुगर सहित र  वडा प्रहरी कार्यालय विराटनगरले ३७ मिलिग्राम ब्राउन सुगर सहित विराटनगर महानगरपालिका-९ का ३३ बर्षीय बिकास कुमार साहलाई नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैको थप अनुसन्धान भई रहेको छ ।

छुरा प्रहार गरी बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
२०८२-०४-०८

छुरा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको आरोपमा सुनसरीको देवानगंज गाउँपालिका-३ का ४० बर्षीय मोहम्मद रियाज अंसारीलाई प्रहरीले पक्राउ गरेको छ । साउन ०७ गते बिहान जग्गाको विषयलाई लिएर आपसी वाद विवादको क्रममा आफ्नै बुबा ६० बर्षीय सबिब अंसारीलाई छोरा मोहम्मद रियाज अंसारीले शरिरको बिभिन्न भागमा छुरा प्रहार गर्दा घाईते भएकोमा तत्काल उपचारको लागी गोल्डेन अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न अंसारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी घटना सम्वन्धमा थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही गरिरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०४-०८

सुनसरी, झापा र उदयपुरबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०७ गते विशेष सुचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय कटहरीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-८ की ४५ बर्षीय देव कुमारी थापा मगरलाई उनकै घरबाट ३० किलो ३६० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । त्यसै गरी झापाको मेचीनगर-६ स्थितबाट लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले इलाम नगरपालिका-११ का ईछिङ एक्तेनलाई ७ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको ईनरुवा-४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी-१ का २२ बर्षीय साजन श्रेष्ठ र २३ बर्षीय कृष्ण मगरलाई ३ ग्राम ६ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।