प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी चौकी बराहक्षेत्र, सुनसरीको नव निर्मित भवनको समुद्‍घाटन

२०८१-०८-०५

  • A
  • A-
  • A+
Share

सुनसरीको बराहक्षेत्र नगरपालिकाका-१ स्थितमा रहेको प्रहरी चौकी बराहक्षेत्रको नव निर्मित भवनको समुद्‍घाटन भएको छ । मंसिर ५ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यता तथा बराहक्षेत्र नगरपालिकाका उप-प्रमुख नन्द कुमारी सुनुवारको अध्यक्षतामा नव निर्मित प्रहरी चौकीको शिलालेख अनावरण गरी भवनको बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो  

नव निर्मित भवनको समुद्‍घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख खापुङले धरतीको पहिलो तिर्थ स्थल बराहक्षेत्रमा प्रहरी चौकी बराहक्षेत्रको नव निर्मित भवन निर्माण सम्पन्न भई उद्‍घाटन भएकोमा निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने सम्पुर्ण महानुभावहरुमा वधाई तथा धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिनहरुमा जन स्तरमा प्रहरीले प्रदान गर्ने शान्ति सुरक्षा तथा अपराध नियन्त्रण कार्यमा जन चाहना वमोजिमको प्रहरी सेवा प्रदान हुनेमा आफु विश्वस्त रहेको वताउनु भयो ।


वहाँले प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई नयाँ भवन प्राप्त भए संगै आम नागरिकमा प्रहरीले प्रदान गर्ने सेवामा थप गुणस्तर सहितको प्रहरी सेवा प्रदान गर्न तथा  भवनको सरसफाई रेख देख संरक्षण नियमितरुपमा गर्न समेत निर्देशन दिनु भएको थियो ।

नव निर्मित भवनको उद्‍घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर भौतिक पुर्वाधार शाखाका प्रहरी उपरीक्षक आर्किटेक हरी डंगोलले भवन निर्माण सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना तथा बराहक्षेत्र  नगरपालिकाका उप-प्रमुख नन्द कुमारी सुनुवारले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।


नेपाल सरकारको  नियमित बजेट ३ करोड १९ लाख ४० हजार रुपैयाको लागतमा अढाई तल्ले सुबिधा सम्पन्न कार्यालय भवन, भान्साघर तथा शौचालयको निर्माण कार्य सम्पन्न भएको हो ।


कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, कोशी प्रदेश प्रहरी गण बिराटनगरका प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्री लगायत प्रहरी अधिकृतहरु, स्थानिय जनप्रतिनिधिहरु, बिभिन्न कार्यालय, संघ संस्थाका प्रमुख, स्थानिय समाजसेवी, बुद्धिजिवि, सचारकर्मी तथा स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
प्रतिबन्धित औषधी र लागू औषध गाँजा सहित ३ जना पक्राउ
२०८२-०९-२९

प्रतिबन्धित औषधी र लागू औषध गाँजा सहित ३ जना पक्राउ सुनसरी, पुस २९ गते सुनसरीको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी र लागू औषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोलीले चकजाँचको क्राममा धरान उप-महानगरपालिका-५ का २७ वर्षिय विकाश भुजेललाई प्रतिबन्धित औषधी ७१० क्याप्सुल सहित र इलाका प्रहरी कार्यालय रामधुनीले कोशी गाउँपालिका-६ का उदय मुखिया र  गणेश कुमार मुखियालाई १९ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइ रहेको छ ।  

लागु औषध ब्राउन सुगर सहित १२ जना पक्राउ
२०८२-०९-२८

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २७ गते इलाका प्रहरी कार्यालय गौरीगंज झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गौरीगंज गाउँपालिका-२ का मानफ कुमार मेहतालाई ७ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसै गरी इलाका प्रहरी कार्यालय बुधबारेले मेचीनगर-७ का बिमल मेचे, मेचीनगर-११ का प्रबिन राई, बासु राजबंशी, सुरेश खड्का, मेचीनगर-८ का कविस मेचे, बुद्धशान्ती-४ का  कुमार गुरुङ, राजेन्द्र कुमार थापा, बुद्धशान्ती-३ का सन्दिप सराईली र बुद्धशान्ती-१० का घनश्याम माझीलाई ४ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर र नगद ३७ हजार ५ सयँ रुपैया सहित नियन्त्रणमा लिएको छ । सोही दिन वडा प्रहरी कार्यालय धरानले धरान-११ का विकाश कार्की र धरान-१२ का अगृश तुलाधरलाई २२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित औषधी ९ हजार ९ सय १० क्याप्सुल सहित २ जना पक्राउ
२०८२-०९-२७

प्रतिबन्धित औषधी ९ हजार ९ सय १० क्याप्सुल सहित २ जना पक्राउ धरान, पुस २७ गते  इलाका प्रहरी कार्यालय धरान सुनसरीले धरान उप-महानगरपालिका-१६ स्थितबाट प्रतिबन्धित औषधी ९ हजार ९ सय १० क्याप्सुल सहित २ जनालाई   पक्राउ गरेको छ । पुस २७ गते बिहान खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१६ स्थितमा को १८ प ४२५६ नम्बरको मोटरसाईकललाई शंका लागी चेकजाँच गर्दा चालक कोशी गाउँपालिका-१ का २३ वर्षिय रोशन झाँ र १८ वर्षिय जय प्रकाश यादवको साथबाट प्रतिबन्धित औषधी ९ हजार ९ सय १० क्याप्सुल फेला पारी नियन्त्रणमा लिएको हो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।

प्रतिबन्धित औषधी र लागु औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०९-२७

प्रतिबन्धित औषधी र लागु औषध ब्राउन सुगर सहित ४ जना पक्राउ विराटनगर, पुस २७ गते झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गौरीगंज नगरपालिका-६ का मोहमद रहिम मिँया र सक्षम उप्रेतीको साथबाट १ ग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ भने सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले उदयपुरको वेलका नगरपालिका-४ का अनु क्षेत्री र अनुप क्षेत्रीलाई प्रतिबन्धित औषधी ७०० क्यापसुल सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेको छ ।

१०४ ग्राम लागु औषध ब्राउन सुगर सहित ३ जना भारतीय नागरिक पक्राउ
२०८२-०९-२७

१०४ ग्राम लागु औषध ब्राउन सुगर सहित ३ जना भारतीय नागरिक पक्राउ विराटनगर, पुस २७ गते मोरङको विराटनगर महानगरपालिका-१७ स्थितबाट १०४ ग्राम लागु औषध ब्राउन सुगर सहित ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पुस २६ गते इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा आईसिपी रोडबाट विराटनगर तर्फ आउदै गरेको BR38AP 9049 नम्बरको मोटरसाईकल चालक भारत अररियाका २० वर्षिय सेठु कुमार , मोटरसाईकलमा सवार १९ वर्षिय राजकुमार साह र  २० वर्षिय रोशन कुमारको साथबाट १०४ ग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेको सबैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भई रहेको छ ।