प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

श्रृंखलावद्ध चोरीमा संलग्न २ जना पक्राउ

२०७८-०८-२९

  • A
  • A-
  • A+
Share

मोरङको पथरीशनिश्चरे नगरपालिका-१ स्थित पथरी बजारमा श्रृंखलावद्ध चोरीमा संलग्न २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरी-१ का १९ बर्षिय निमा तामाङ र १९ बर्षिय सन्तोष सुब्बा रहेका छन् । उनीहरु विभिन्न मिति र समयमा मोबाईल चोरी, सवारी साधन चोरी, पसल फोडी नगद र सामान चोरी, गरगहना चोरी लगायतमा संलग्न रहदै आएका थिए । उनीहरुको साथबाट मोवाईल-३ थान, ट्यावलेट-१ थान, चाँदीको सिक्री-१ थान, गाडीको चावी-१ थान समेत बरामद गरिएको छ । यसअघि निमा तामाङलाई पथरी शनिश्चरेबाट डाका मुद्धामा सम्मानित जिल्ला अदालतको मिति २०७७ साउन १३ गतेको आदेशानुसार बाल सुधार केन्द्र समेत पठाईएको थियो । पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
मोटरसाईकल अनियन्त्रतित भई दुर्घटना हुँदा १ जनाको मृत्यु
२०८०-११-०९

मोरङको बुढिगंगा गाउँपालिका-१ स्थित भित्री सडकखण्डमा मोटरसाईकल अनियन्त्रतित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आज राती सवा १२ बजे पुष्पलाल चौकबाट मानगडतर्फ जादै गरेको प्रदेश १-०२-०४२प ९८३४ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक ग्रामथान गाऊँपालिका-१ का २६ बर्षिय राहुल चौधरी र पछाडी सवार २४ बर्षिय शम्भु चौधरी घाईते भएका थिए । घाईतेहरुलाई उपचारकोलागी कोशी अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा शम्भु चौरीको मृत्यु भएको हो । घटनाबारेमा जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरीरहेको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८०-११-०८

झापा, मोरङ, उदयपुर र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ८ बजे झापाको अर्जुनधारा नगरपालिका- ११ स्थित ३७ बर्षीया शोभा श्रेष्ठले आफ्नै घर कोठामा  लागुऔषधको बेचबिखान गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बुट्टाबारी र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर ५ सय ५० मिलिग्राम, बिभिन्न कम्पनिका मोवाईल ११ थान, नगद ३७ हजार रुपैया, घडी ४ थान, ईयरबड २ थान र पावरबैंक १ थान सहित पक्राउ गरेको हो । यसका साथै बेचबिखनमा संलग्न निजको छोरा १९ बर्षीय गोबिन्द श्रेष्ठ, बुहारी १८ बर्षीया सन्ध्या चौधरी श्रेष्ठ र ईलाम सन्दकपुर- ४ की २४ बर्षीया पलबी गुरुङ समेतलाई समेत पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर- १५ ढाट स्थित भारतबाट नेपालतर्फ आउदै गरेका भारतिय नागरीक २१ बर्षीय मो. सल्मानलाई ब्राउनसुगर १ ग्राम १२ मिलिग्राम सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने उदयपुरको बेलका- ९ स्थित ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले स्थानीय २० बर्षीय निकेश पराजुलीलाई ५ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । त्यस्तै प्रहरी चौकी भोक्राहा सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले भोक्रहा नर्सिङ गाउँपालिका १ र २ को सिमानामा स्थित रहेको गँहु बारीमा बेवारिसे अबस्थामा (८ बोरा) १ सय ९२ किलोग्राम गाँजा फेला पारी बरामद गरेको हो । लागुऔषध गाँजा र पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०८०-११-०८

मोरङको बिराटनगर महानगरपालिका- ३ दुध फारम स्थितमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । हिजो अपरान्ह साढे ५ बजे ईटहरीबाट बिराटनगरतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प. १२१५ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेको पैदल यात्री बुढिगंगा गाउँपालिका- १ की ६० बर्षीया धनमाया खतिवडालाई ठक्कर दिँदा घाईते भएकी खतिवडालाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न ठक्कर दिने मोटरसाईकल र चालक ईटहरी- ४ सुनसरीका ३० बर्षीय आशिष श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

लागुऔषध सहित ५ जना पक्राउ
२०८०-११-०७

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो मोरङको केराबारी गाउँपालिका-१० स्थितमा बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुह ( PIT) र ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय सुमन तामाङलाई ब्राउनसुगर १ ग्राम ४ सय मिलिग्राम र नगद १४ हजार ४ सय ७० रुपैँया सहित पक्राउ गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा चेकजाँचको क्रममा धरान-१८ का २२ बर्षीय जेम्स राईलाई  ५९ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।सोही दिन झापाको बिर्तामोड-४ का २७ बर्षीय पुर्ण बहादुर बस्नेतलाई ब्राउनसुगर ५ सय ८० मिलिग्राम र नगद ८ हजार ४ सय ७५ रुपैया सहित ईलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले पक्राउ गरेको छ भने सुनसरीको प्रहरी चौकी घुस्किहाटबाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका-७ स्थितमा चेकजाँचको क्रममा प्रदेश ०१-०२-०४१ प १४६५ नम्बरको मोटरसाईकलमा सवार रहेका हरिनगरा-६ का २८ बर्षीय रब्बाम मियाँ र आदिल आलमलाई प्रतिबन्धित औषधी ट्रामाडोल १५ हजार २० ट्याब्लेट सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।