प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

निषेधित तथा म्याद गुज्रिएको औषधी सहित ४ जना पक्राउ

२०८०-०७-१५

  • A
  • A-
  • A+
Share

सुनसरीको बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जार स्थितबाट निषेधित तथा म्याद गुज्रिएको औषधी बिक्री बितरण गर्ने २ जना सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उक्त स्थानमा रहेको सुभेक्षा मेडिकलबाट नियन्त्रित तथा म्याद गुज्रिएको औषधीहरु बिक्री बितरण भइरहेको भन्ने बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट मंगलवार खटिएको प्रहरी टोलीले औषधी बिक्री गर्ने स्थानिय ५० बर्षिय विनय चौधरी निजकै २१ बर्षिया छोरी सुभेक्षा चौधरी तथा औषधी खरिद गर्ने बराहक्षेत्र नगरपालिका-८ का २१ बर्षिय रोमन नेपाली र बराहक्षेत्र नगरपालिका-३ का २१ बर्षिय विधान राईलाई पक्राउ गरेको हो  । उनीहरुको साथबाट प्रहरीले निषेधित औषधी Hydrochloride & Phenylephrine Hydrochloride Antikof Tablets ११८१ र ३४ क्याप्सुल तथा म्याद गुज्रिएको Syrup २० पिस, Cream १९ पिस र क्याप्सुल तथा ट्याब्लेट गरी ६५ पिस बरामद गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।