प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न

२०८१-०३-१०

  • A
  • A-
  • A+
Share

लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको प्रदेश स्तरिय अभियानमुलक कार्यक्रम २०८० को समिक्षा गोष्ठी सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटगरको सभाहलमा आज भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले पानसमा दिप प्रज्वलन गर्नु भई कार्यक्रमको औपचारिकरुपमा समुदघाटन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि खापुङले निरन्तरुपमा प्रहरीले संचालन गर्दै आईरहेको यो अभियानले मुलुकलाई नै सकारात्मक दिशा तर्फ लैजाने बताउदै कार्यक्रम सफल बनाउन प्रत्यक्ष सहयोग पुर्‍याउनु हुने कोशी प्रदेश सरकार तथा कोशी प्रदेश सामजिक बिकास मन्त्रालयलाई हार्दिक आभार व्यक्त गर्नु भयो । साथै वहाँले लैंगिक समानता घरबाटै सुरु गरौ, लैंगिक हिंसा अन्त्य गरौ भन्दै कार्यक्रमलाई प्रभावकारीरुपमा संचालन गर्न अग्रसर रहेका कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका युनिटहरुलाई बिशेष धन्यवाद व्यक्त गर्नु भयो ।

कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सामाजिक विकाश महाशाखा प्रमुख श्रीमती दुर्गा भण्डारी बरालले कोशी प्रदेश सामजिक बिकास मन्त्रालय तथा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको समन्वय र सहकार्यमा संचालन भएको लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको प्रदेश स्तरिय अभियानमा प्रदेश प्रहरी कार्यलयले प्रदेशका १४ वटै जिल्लालाई समेटेर गरेको उत्कृष्ट कार्यको प्रसंसा गर्नु हुदै आगामि दिनमा हुने कार्यक्रममा समेत प्रदेश सरकारको तर्फबाट साथ र सहयोग रहने बताउनु भयो ।

लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको समिक्षा गोष्ठी कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जमुना कुमारी बस्नेतले समग्ररुपमा कोशी प्रदेशका जिल्लाहरुमा प्रहरीद्वारा गरिएका लैंगिक हिंसा बिरुद्धका बिभिन्न सचेतनामुलक कार्यक्रमहरुको बारेमा प्रस्तुतिकरण र समिक्षा गर्नु भएको थियो भने सामाजिक मन्त्रालय कोशी प्रदेशको तर्फबाट सामाजिक मन्त्रालयका प्रतिनिधि रोशना कोईरालाले लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको अभियानको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।  यसै गरी जिल्ला प्रहरी कार्यालयहरुबाट आउनु भएका लैंगिक फोकल अफिसरहरु समेतले आ-आफ्नो जिल्लामा भएका लैंगिक हिंसा र प्रहरीद्वारा गरिएका सचेतनामुलक कार्यक्रमको विवरण सहितको प्रस्तुतिकरण गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा एबिसी नेपाल कोशी प्रदेशकी अध्यक्ष श्रीमती बिष्णु शर्मा पन्त, पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष तारा आचार्य समेतले आ-आफ्नो भनाई व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुका साथै जिल्ला प्रहरी कार्यालयहरुको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, सामुदायिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागू औषध सहित १५ जना पक्राउ
२०८३-०२-१५

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट जेठ १४ गते लागू औषध सहित १५ जनालाई पक्राउ गरिएको छ ।झापाको गौरीगंज गाउँपालिका-२ स्थितबाट इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले भारतकी रुकमणी देवी र निजको छोरी कोमल कुमारी हरिजनलाई २० ग्राम ३०० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिका-६ का दुखु मियाँलाई २ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय अनारमनीले झापा गाउँपालिका-५ का मिलन कुमार राजवंशी र कनकाई नगरपालिका-७ की सरु कार्की डोलीलाई ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको बराहक्षेत्र नगरपालिका-६ बाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरले सोही स्थानका चन्दन कुमार बहदार, प्रबिन बि.क, अमर राई, आईत सिह तामाङ, समिर तामाङ र सुभराज राईलाई प्रतिबन्धीत औषधी ट्रामाडोल हाईड्रोक्लोराइड- २९० क्यापसुल, स्पास्मो- १५० ट्रयाब्लेट, एन्टिकोफ- १५० ट्रयाब्लेट र २७० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी  भोक्राहानरसिंहले सोही स्थानका नियाउद्दिन आलमलाई ६२ ग्राम गाँजा, प्रतिबन्धित औषधी- २५ ट्रयाबलेट सहित, अस्थायी प्रहरी चौकी बाङगेले बराहक्षेत्र नगरपालिका-७ कि रचना राई र अरुणा बि.क. लाई १२० मिलिग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय सुनसरीले ईटहरी उप- महानगरपालिका-२ का संजोग राई, जित बहादुर राई र पुस्पा प्रधानलाई ६ ग्राम ९७० मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।पक्राउ परेको सबैनजनाको थप अनुसन्धान भई रहेको छ ।

कोशी प्रदेश ट्राफिक व्यवस्थापन सम्बन्धी “प्रादेशिक गोष्ठी, २०८३” सम्पन्न
२०८३-०२-१३

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाई  सवारी दुर्घटना न्यूनीकरण गरी सडक प्रयोगकर्तालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन कोशी प्रदेश ट्राफिक व्यवस्थापन प्रादेशिक गोष्ठी २०८३ को आयोजना गरिएको छ । जेठ १३ गते सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित दुर्गा पार्टी प्यालेसमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा भएको एक दिवसिय गोष्ठीको प्रमुख अतिथि घिमिरेले पानसमा दिप प्रज्वलन गरी उद्‍घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख अतिथि घिमिरेले ट्राफिक नियम सवैले जान्नु पर्ने तर जान्नेले पनि नमानेको कारण दुर्घटनाको संख्यामा बृद्धि भएको बताउदै अव कोशी प्रदेशमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्नु गोष्ठीको मुख्य उद्धेश्य रहेको बताउनु भयो । गोष्ठीमा दुर्घटना न्यूनीकरणको लागी सरोकारवाला निकायहरुसंग भएका छलफल अन्तरक्रिया, योजनालाई  कार्ययोजना बनाई कार्यान्वयन गरीने बताउनु हुदै  गोष्ठीको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाण्डौँका प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारीले नेपालको सवारी दुर्घटनाको स्थिति भयावह रहेको तथ्याङ्क प्रस्तुत गर्नु हुदै सडकलाई सुरक्षित बनाउन पुर्वाधार युक्त सडक, दक्ष चालक, दुरुस्त सवारी हुनु पर्ने बताउदै  ट्राफिक प्रहरी कार्य सम्बन्धी चुनौती र सुधारका प्रयासहरुका बारेमा प्रस्तुति गर्नु भएको थयो । कार्यकर्ममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले कार्य सम्पादन र  अटोमेसन प्रणालीमा प्रभावकारीता एवं कोशी प्रदेशको समग्र ट्राफिक प्रहरी कार्य सम्बन्धी चुनौती र सुधारका प्रयासहरु विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले गोष्टीमा उपस्थित प्रमुख अतिथि लगायत सम्पूर्णमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । गोष्ठीमा कोशी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय, यातायात व्यवस्था महाशाखाका प्रमुख उर्मिला निरौला, स्थानिय जनप्रतिनिधिहरु,यातायात व्यावसायी, पत्रकार महासंघ सुनसरीका प्रतिनिधि लगायत विभिन्न सरोकारवाला निकायहरुले ट्राफिक व्यवस्थापन सम्बन्धी गोष्ठीको शुभकामना सहितको आ- आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।  गोष्ठीमा जिल्ला ट्राफिक प्रहरी प्रमुखहरुले  सवारी दुर्घटना न्यूनीकरण कार्ययोजना र कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन, कानुन विपरित कार्य गर्ने सवारी चालकहरुको सवारी अनुमति निलम्वन गर्ने कार्यलाई प्रभावकारी कार्यान्वयन, दुर्घटनामा घाइते र मृत्यु दर घटाउन ट्राफिक प्रहरीको योगदान, हराएका सवारी साधनहरुको खोजी, मापसे र लापसेको प्रभावकारी चेकिङ र अन्य सम्बन्धित Stakeholder हरुसँग समन्वय र सहकार्य लगायतको विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । गोष्ठीमा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन तथा प्रविधिमैत्री ट्राफिक व्यवस्थापन प्रणालीको विकासमा जोड दिनु पर्ने बताउदै गोष्ठीको प्रभावकारीताको शुभकामना सहित समापन मन्तव्य व्यक्त गर्नु भएको थियो ।  प्रभावकारी तथा परिणाममुखी ट्राफिक व्यवस्थापन, ट्राफिक प्रहरी युनिटहरूबीच तथा यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी युनिटहरूबीच समन्वय र सहकार्य अभिवृद्धि, दुर्घटना न्यूनीकरणका लागि एकीकृत कार्ययोजना निर्माण तथा कार्यान्वयन, सूचना आदान–प्रदान, यातायात व्यवस्था ऐन तथा नियमावली एवं प्रदेश यातायात व्यवस्था ऐन तथा नियमावली सम्बन्धी जानकारी आदान–प्रदान, कानुनी प्रावधानहरूको कार्यान्वयनमा देखिएका समस्या तथा समाधानका उपाय, दुर्घटना न्यूनीकरणमा रहेका चुनौतीहरू, सडक सुरक्षा सुदृढीकरण, जनचेतना अभिवृद्धि, प्रविधिको विस्तार, क्षमता अभिवृद्धि तथा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौतीहरूका विषयमा छलफल, अन्तरक्रिया तथा अनुभव आदान–प्रदान गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको छ । गोष्ठीमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीका प्रहरी उपरीक्षकहरु, सवारी यातायात शाखा, यातायात व्यवस्था कार्यालय इटहरी, यान्त्रिक कार्यालय इटहरी, सडक विभाग, सडक आयोजना, बिमा संस्थान, यातायात व्यवसायी, १४ वटै जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रतिनिधि/ ट्राफिकका प्रमुखहरु, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, यातायात व्यवसायी, ड्राईभिङ्ग स्कुल, यातायात मजदुर संघ संगठन, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायत प्रहरी कर्मचारीहरु समेत गरी २ सय जना भन्दा बढीको उपस्थिति रहेको थियो ।  

लागू औषध सहित ११ जना पक्राउ
२०८३-०२-१३

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ११ जनालाई पक्राउ गरीएको छ । वडा प्रहरी कार्यालय भद्रपुर झापा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट जेठ ११ गते खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ स्थितबाट सोही स्थानका २९ वर्षीय जहागी शेखलाई २ ग्राम ३०० मिलिग्राम सहित, मेचीनगर नगरपालिका-१० धुलाबारीका २७ वर्षीय गुलाम रसुल मियालाई १ ग्राम ६०० मिलिग्राम सहित, इलाम माईजोगमाई गाउँपालिका-१ घर भई बिर्तामोड बस्ने २४ वर्षीय फुर्वा तामाङलाई ३ ग्राम ६१० मिलिग्राम सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय झिलझिलेले ५८६ ग्राम लागू औषध गाँजा सहित शिवसताक्षी नगरपालिका-९ की ४३ वर्षीया आशा चौधरीलाई पक्राउ गरेको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी-१ की ३६ वर्षीया प्रगती खटिवडा, इटहरी-५ का ३१ वर्षीय बिश्वराज राईलाई १० ग्राम ब्राउन सुगर सहित इनरुवा-४ बाट पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-२ का २९ वर्षीय रविन प्रधान, धरान-२ का १९ वर्षीय अतित भण्डारी र मोरङको सुन्दर हरँचा-४ की अम्बिका ओझालाई ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी अस्थायी प्रहरी चौकी कानेपोखरी मोरङको प्रहरी टोलीले  प्र.१-०२-०४८ प १८८४ नम्बरको स्कुटरमा सवार कानेपोखरी-५ का ३३ वर्षीय बिर बहादुर घिसिङ र पछाडी सवार कानेपोखरी-७ का ३७ वर्षीय सन्तोष लिम्बुलाई १२ ग्राम ८८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

“लागूऔषध दुर्व्यसनीले निम्त्याउने परिणाम” सचेतनामुलक सामाग्रीको अनावरण
२०८३-०२-१३

बराहक्षेत्र नगरपालिका सुनसरीको सहकार्यमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीद्वारा निर्मित “लागूऔषध दुर्व्यसनले निम्त्याउने परिणाम” नामक सचेतनामुलक भिडियो सामाग्रीको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यता तथा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको अध्यक्षतामा अनावरण गरीएको छ । कार्यक्रममा भिडियो निर्माणमा सहभागी कलाकारहरुलाई प्रशंसा पत्र तथा FAN क्लवमा आवद्ध विद्यार्थीहरुलाई FAN LOGO अंकित टि-सर्ट वितरण गरिएको थियो । कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका नगर उप प्रमुख, नन्द कुमारी सुनुवार, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशब कुमार थेवे, नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, वडाध्यक्षहरु, फ्यान क्लव संचालित बिद्यालयका प्रधानाध्यापक तथा फोकल शिक्षकहरु, राजनैतिक दल तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सञ्चारकर्मी लगायत बिध्यार्थीहरुको उपस्थिति रहेको थियो ।  

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०२-१२

सुनसरी र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । सुनसरीको धरान उप-महानगरपालिका-२ भानु चोक स्थितबाट सोही स्थानका निश्चल लिम्बु र सुक्रराज तामाङको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल १२८ क्याप्सुल र स्पास १२८ ट्याब्लेट  र प्रहरी चौकी भरोलले बराहक्षेत्र नगरपालिका-४ का फिर्ती चौधरी, रुद्र बहादुर थापा र भगत चौधरीलाई २ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बेलका नगरपालिका-४ का सन्देश मगर र पारश राईलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  पक्राउ परेको सबैजनाको थप अनुसन्धान भइ रहेको छ।

लागू औषध ब्राउन सुगर सहित जना पक्राउ
२०८३-०२-११

झापा र मोरङबाट जेठ १० गते  लागू औषध ब्राउन सुगर सहित  जनालाई पक्राउ गरीएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो इकाई कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका काठमाण्डौ महानगरपालिका-२५ का ४० वर्षीय अजय चित्रकार र ३७ वर्षीय शुशिल मानन्धरलाई १२ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय दमकले ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका-५ का २३ वर्षीय तुलसी माझीलाई पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो इकाई कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान-१७ का २४ वर्षीय ज्ञानेश खड्कालाई ५ ग्राम ब्राउन सुगर सहित विराटनगर महानगरपालिका-१५ स्थितबाट पक्राउ गरेको हो ।  लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।