प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अन्तराष्ट्रिय लागुऔषध दिवशको अवसरमा सचेतना मुलक कार्यक्रम संचालन

२०८०-०३-११

  • A
  • A-
  • A+
Share

लागुऔषध दुरुपयोग ओसारपसार  विरुद्ध आन्तर्राष्ट्रिय दिवस २६ जुन २०२३ को अवसरमा सचेतना मुलक कार्यक्रम संचालन गरिएको छ । “लागुऔषध दुरुपयोग विरुद्धको ऐक्यबद्धता  व्यक्ति, समाज र राष्ट्रको प्रतिबद्धता” भन्ने मुल नाराको साथ कोशी प्रदेश प्रहरी कार्यालय लगायत जिल्ला प्रहरी कार्यालयहरुले बिभिन्न संघ संस्थासंगको समन्वयमा लागुऔषध सम्बन्धी सचेतना मुलक कार्यक्रमहरु संचालन गरेका हुन् । मोरङको बिराटनगर महानगरपालिका-३ स्थित पोखरिया माध्यामिक विद्यालयको सभाहलमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवको प्रमुख अतिथ्यता तथा प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख राजेशनाथ बास्तोलाको विशिष्ट अतिथ्यतामा संचालन भएको कार्यक्रममा  लागूऔषध दुरुपयोग ओसारपसार विरुद्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी पर्चा पम्पलेट वितरण तथा लागूऔषध सम्बन्धी जनचेतनामुलक भिडियोहरु प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा सामुदायिक प्रहरी सेवाकेन्द्र तिनपैनीका अध्यक्ष मिना जोशी, अन्य सुरक्षा निकायका प्रतिनिधीहरु, स्थानिय तहका जनप्रतिनिधीहरु, संघ संस्थाका प्रतिनिधीहरु, विद्यालयका विद्यार्थीहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।  अन्तराष्ट्रिय लागुऔषध दिवशको अवसरमा कोशी प्रदेश अन्तरगत रहेका सबै जिल्ला प्रहरी कार्यालयहरुले आ-आफ्नो जिल्लामा लागुऔषध सम्बन्धी सचेतना मुलक कार्यक्रमहरु संचालन गरेका छन् ।  

सम्बन्धित समाचार
प्रतिबन्धित औषधी र लागुऔषध गाँजा सहित ६ जना पक्राउ
२०८२-०१-१४

मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र लागुऔषध गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १३ गते मोरङको बिराटनगर-१६ स्थितमा इलाका प्रहरी कार्यालय रानी सिमाबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उप-महानगरपालिका-१३ का ३६ वर्षीय तीर्थ राईलाई प्रतिबन्धित औषधी AVIL, DIZEPAM, LUPIZESIC र  PHENARAGAN गरी ४० एम्पुल सहित पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङलर उर्लाबारी-७  का २३ वर्षीय अभिषेक ओलीलाई Medidole- ६५ क्याप्सुल र Anargan- ६५ ट्याबलेट सहित पक्राउ गरेको छ । त्यस्तै सुनसरीको धरान-१६ बाट अस्थायी प्रहरी पोष्ट जोरसखुवाले सोही स्थानकी २३ वर्षीया सिमा राई र सन्ध्या थापालाई प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन गरी जम्मा १६० क्याप्सुल सहित पक्राउ गरेको छ भने झापाको बिर्तामोड नगरपालिका-४ का ३३ वर्षीय रवि दास र पाँचथर हिलिहाङ गाउँपालिका-१ घर भई हाल बिर्तामोड-३ स्थित डेरा गरी बस्दै आएका ३४ वर्षीय सन्तोष लिम्बुलाई ५८ ग्राम ५ मिलिग्राम गाँजा सहित  प्रहरी चौकी बिर्ताबजारले नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

धन्यवाद तथा शुभकामना कार्यक्रम
२०८२-०१-१४

नेपाल सरकार गृहमन्त्रालय  बढुवा समितिको बैशाख ४ गतेको पत्रादेशानुसार प्रहरी अतिरिक्त महानिरीक्षक पदको बढुवा सुचीमा पर्नु भएका प्रहरी नायब महानिरीक्षक राजन अधिकारीलाई धन्यवाद तथा शुभकामना व्यक्त गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा बैशाख १४ गते आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल  सहित जिल्ला प्रहरी कार्यालय मोरङ, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी प्रमुख सहित प्रहरी अधिकृत तथा जवानहरुले प्रहरी नायव महानिरीक्षक अधिकारीलाई व्यवसायिक एवं पारिवारिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी कार्यकालको शुभकामना सहित सम्मानपूर्वक बिदाइ गर्नु भएको थियो । धन्यवाद तथा शुभकामना कार्यक्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले संगठनको लक्ष्य हासिल गर्न तथा कोशी प्रदेशमा शान्ति सुरक्षा कायम राख्न आफ्नो पदिय दायित्व सहित कुशल नेतृत्व निर्वाह गर्न आफुलाई सहयोग गर्नु हुने सम्पुर्ण प्रहरी अधिकृत तथा प्रहरी जवानहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो।  

लागुऔषध सहित १२ जना पक्राउ
२०८२-०१-१३

झापा र मोरङबाट लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १२ गते लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट मोरङको बिराटनगर-१५ र १६ स्थित खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लागुऔषध ब्राउन सुगर १६ ग्राम १३४ मिलिग्राम र लागुऔषध १८४ एम्पुल सहित बेचबिखनमा संलग्न नुवाकोट शिवपुरीका २६ बर्षीय रमेश गुरुङ, सुनसरी इटहरी-१५ का ३० बर्षीय कलाम मिया, इटहरी-१३ का ३५ बर्षीय दिपक खत्री, को. १२ प ६७९० नम्बरको मोटरसाईकल चालक बेलबारी नगरपालिका-३ का २५ बर्षीय किरण राई र मोटरसाईकल पछाडी सवार बेलबारी-११ का २२ बर्षीय रोमन राईलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी सुनसरीको धरान -१५ बाट वडा प्रहरी कार्यालय धरानले सोहि स्थानका ३४ बर्षीय सुरेश गुरुङ, २२ बर्षीय नरेश राई, संगम राई, धरान- १९ का २३ बर्षीय अनिके राई, धरान- ८ का २५ बर्षीय सनम परियार, धनकुटा घर भई हाल धरान- १५ स्थित बस्दै आएका ४५ बर्षीय चन्द्र लिम्बु र साँगुरीगढी गाउँपालिका- ८ का ३७ बर्षीय कुल बहादुर बान्तवालाई ट्रामाडोल ५४१ क्याप्सुल, स्पासपेन ११२ चक्की, डिकोलिक ३०० चक्की र गाँजा ५०० ग्राम सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०८२-०१-१३

सुनसरी र संखुवासभाबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरी पक्राउ गरेको छ । बैशाख १२ गते लागुऔषध औषध गाँजा कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट सुनसरीको धरान- १३ स्थित खटिएको प्रहरी टोलीले बाटोमा को. १ च ७३३५ नम्बरको स्कार्पियो रोकि राखेको अवस्थामा फेला पारी चेकजाँच गर्दा उक्त स्कारपियो भित्रबाट कालो प्लास्टिकले प्याकिङ गरि राखेको (१० पोका) ३०० किलोग्राम गाँजा बरामद गरि चालकको खोजतलास गरिरहेको छ भने भोक्राहा नरसिंह गाउँपालिका-६ बाट को. १६ प ६४७४ नम्बरको स्कुटी चालक बराहक्षेत्र नगरपालिका-१ का २८ बर्षीय समिर राई र पछाडी सवार २८ बर्षीय संजिव राईलाई ३१ किलोग्राम गाँजा सहित प्रहरी चौकी चिरौलीचोकले नियन्त्रणमा लिएको । त्यसैगरी इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाको हिरासत कक्षमा रहेको आगुऔषध मुद्धाको प्रतिबादी धर्मदेबी नगरपालिका-४ का ५९ बर्षीय गोपाल अधिकारीको घरमा लागुऔषध गाँजा लुकाईछिपाई राखेको छ भन्ने खुल्न आएसगै खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा निजको बाख्राको खोरमा लुकाई छिपाई राखेको तयारी गाँजा ३ किलो ११४ ग्राम फेला बरामद गरेको हो । बरामद भएको गाँजा र पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।