प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
नेपाल प्रहरी श्रीमती संघ - परिचय

सेवा नै धर्म हो'' भन्ने भावनाले अभिप्रेरित नेपाल प्रहरीमा कार्यरत राष्ट्र सेवकहरुका परिवार (श्रीमती) लाई सामाजिक सेवाको लागि अभिप्रेरित गरी राष्ट्र सेवाको पुनित कार्यको लागि संगठित गर्न, राष्ट्रमा समय–समयमा आईपर्ने विभिन्न प्रकारका दैवि प्रकोपहरु लगायत मानविय सेवाका विविध क्षेत्र जस्तो शिक्षा, स्वास्थ्य, खेलकुद र आर्थिक क्षेत्रहरुको सुधार, विकास र उन्नतिको लागि आफुहरुमा अन्तर्निहित साधन, श्रोतको उपयोग वा विभिन्न माध्यमहरु मार्फत सहयोग पुर्‍याई लोक कल्याणकारी सेवा उपलव्ध गराउने पवित्र उद्देश्य लिई राष्ट्र र समस्त नेपालीको उन्नति, प्रगति एवं विकासको वृहत्तर सोचका साथ यस नेपाल प्रहरी श्रीमती संघ (Nepal Police Wives Association) नामक मुनाफा रहित संस्था जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता नं. ५१।०५७।५८ बाट दर्ता भई मितिः२०५७।०४।२४ गतेबाट विधिवत् रुपमा स्थापना भएको हो ।

हाल यस संस्था प्रदेशिक रुपमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश विराटनगर शाखाको नाममा समेत बिस्तार भई समग्र महिलाहरुको सीप विकास,आय आर्जन, क्षमता अभिवृद्धि, विभिन्न विषयहरुमा सचेतनाको लागि कार्यक्रमहरु संचालनका  साथै पुर्व तथा बहालवाल प्रहरी परिवार,अमर प्रहरी, घाईते, दीर्घ रोगी आदि समेतका परिवार तथा सन्ततीहरुलाई सिप तथा ब्यवसायमुलक विभिन्न तालिम शैक्षिक छात्रवृत्ति, आर्थिक सहयोग, सहाराविहिन वृद्ध, वृद्धाहरुलाई राहत सहयोग तथा स्वास्थ्य शिविरहरु पनि संचालन गर्दै आईरहेको छ ।

साथै यस संघ विशुद्ध सामाजिक र मुनाफा रहित संस्था भएको कारण निम्नानुसारका उद्देश्य अनुरुपका लोक कल्याणकारी कार्यक्रम तथा क्रियाकलाप संचालनको लागि साधन, श्रोतको आवश्यकताको परिपुर्ति गर्न संघ आफैले मात्र गर्न नसक्ने हुँदा सबै क्षेत्र, संघ-संस्था वा व्यक्तिहरुबाट सक्दो सहयोग तथा योगदानको अपेक्षा राख्दछ ।


निम्न उद्देश्यहरु प्राप्तीको लागी यस संघ प्रतिबद्ध रहनेछ ।

  • पुर्व तथा वहालवाला प्रहरी परिवार, अमर तथा अवकाश प्राप्त असक्त प्रहरी कर्मचारीहरुका परिवार तथा सन्ततीहरु, एकल महिलाहरु समेतको बृत्तिविकास एवं आय आर्जनको लागि सिप तथा रोजगार मुलक तालिमहरुका साथै समसामयिक चेतनामूलक कार्यक्रम संचालन गर्ने ।
  • अमर प्रहरी, घाईते, दीर्घ रोगी प्रहरीका सन्ततीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने ।
  • प्रहरी कर्मचारीका परिवारलाई स्त्रीरोग लगायत अन्य विभिन्न स्वास्थ्य सम्बन्धी परामर्श, परिक्षण तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने ।
  • समाज सेवाका विविध क्षेत्रमा मानविय सेवाका विभिन्न चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने ।
  • दुर्ब्यसनीमा फसेका युवाहरुलाई कुलतबाट हटाई सु-मार्गमा ल्याउनका लागि सुधार गृह सञ्चालन गर्ने ।
  • प्रहरी कर्मचारीका बालबालिकाहरुलाई हेरचाह तथा शैक्षिक विकासको लागि दिवा शिशु स्याहार केन्द्रको संचालन गर्ने ।
  • बाढी पहिरो, भुकम्प, आगलागी जस्ता दैवि प्रकोप पीडितहरुलाई आर्थिक सहयोग तथा राहत सामाग्री प्रदान गर्ने ।
  • घरबारबिहीन वृद्ध–वृद्धाहरुलाई सहयोग उपलव्ध गराउने ।


कोशी प्रदेश श्रीमती संघमा आवद्ध सदस्यहरुको नाममवली बिबरण


भावना श्रेष्ठ खापुङ              अध्यक्ष
सुष्मा सापकोटा                 सल्लाहाकार
गितान्जली                        कार्यक्रम संचिव
सृजना नेपाल दाहाल           कोष अध्यक्ष
सुमित्रा अधिकारी               कार्यक्रम संह-सचिव
लक्ष्मि विसुन्खें                    प्रशासन संयोजक
मुना निरौला भट्टाराई            सदस्य
 सिता  ढकाल कट्वाल           सदस्य
कमला कट्वाल                   सदस्य
यशोदा पौडेल                   सदस्य
सिता खतिवडा                  सदस्य
प्रेमिषा बि.क.                   सदस्य
संगिता चौधरी                   सदस्य